web analytics

लालझाडीमा खुला फुटबल प्रतियाेगिता सुरु

कञ्चनपुर,पाैष २२
लालझाडी गाउँपालिकामा गाउँपालिका स्तरिय खुला फुटबल प्रतियाेगिताकाे उद्घाटन भएकाे छ।
लालझाडी ३ बल्मीमा रहेको फूटबल मैदानमा भएकाे एक कार्यक्रम विच गाउँपालिकाका उपाध्यक्ष सत्यदेवी महराले उदघाटन गर्नुभएकाे हो ।
लालझाडी फुटबल संघका अध्यक्ष रामसाह रानाकाे सभापतित्व र लालझाडी गाउँपालिकाका उपाध्यक्ष सत्यदेवी महराको प्रमुख आथित्यमा भएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष जीत बहादुर तामाङ्ग रहेका थिए। फुटबल प्रतियाेगिता नकअाउट सिस्टमकाे हुने र प्रथम पुरूस्कार २५ हजार पाँच सय पचास र द्वितिय पुरस्कार १५ हजार रहेकाे अायाेजकले जनाएकाे छ।
अाजको उद्घाटन खेलमा शिवशक्ति युवा क्लब नन्दगाउँले कर्नेल युवा क्लबलाई ०-४ काे गाेल अन्तरले पराजित गरेको भने भाेलिकाे खेल देखतभुली र मनपुरिया र कञ्ज र अमलिया बिच प्रतिस्पर्धा हुने अायाेजकले जनाएकाे छ।

Sponsored Ads

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.