web analytics

खेल र खेलाडीको हितमा बेलौरी नगरपालिका केन्द्रित छ : नगर प्रमुख चौधरी

News by harish chandra baag
कञ्चनपुर, २० पुस ।
कञ्चनपुरको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले खेल र खेलाडीको हितमा नगरपालिका केन्द्रित रहेको बताउनु भएको छ । बेलौरी नगरपालिकाद्वारा आयोजित दोस्रो नगर स्तरीय एवम् बाह्रौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको समापनका क्रममा बोल्दै नगरप्रमुख चौधरीले शैक्षिक विकास र स्वस्थ समाज निर्माणका लागि पनि खेलकुद अनिवार्य रहेको औँल्याउनु भयो । उहाँले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरु पनि भविश्यमा देशका अब्बल खेलाडीको रुपमा चिनिन सक्ने हुँदा अध्ययन संगै निरन्तर खेलकुदमा अभ्यस्त रहन विद्यार्थी खेलाडीहरुलाई आग्रह गर्नुभयो ।
त्यस्तै, कार्यक्रममा बोल्दै बेलौरी नगरपालिका समाजिक विकास समितिका संयोजक एवं वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकालले प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई बधाई दिँदै प्रतियोगिता सञ्चालनमा महत्वपूर्ण सहयोग गर्नुहुने सबै प्रति कृतज्ञता ज्ञापन गर्नुभयो । उहाँले आगामी प्रतियोगिताहरुलाई थप स्तरीय र भव्य बनाउन प्रेरणा मिलेको उल्लेख गर्नुभयो । दोस्रो नगर स्तरीय एवम् बाह्रौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मूल आयोजक समितिका संयोजक बिरेन्द्र सिंह भण्डारीले प्रतियोगितालाई सफल पार्न अहोरात्र खटिनु हुने महानभावहरु र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुर्ण नगरवासीहरुप्रति आभार व्यक्त गर्नुभयो ।
यही पुस १५ गते देखि सञ्चालन गरिएको दोस्रो नगर स्तरीय एवम् बाह्रौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा जम्मा पन्ध्र स्वर्ण, चार रजत र छ काश्य पदक सहित लक्ष्मी मावि, जवदिया प्रथम भएको छ । त्यस्तै, पाँच स्वर्ण, पाँच रजत र चार काश्य पदक सहित शान्ति मावि, शान्तिपुर द्वितीय भएको बेलौरी नगरपालिकाका कम्युटर अपरेटर अशोक पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार तृतीय भएको महाकाली मावि, विद्यानगरले जम्मा चार स्वर्ण, चार रजत र दुई काश्य पदक हात पारेको छ भने चार स्वर्ण, तीन रजत र पाँच काश्य पदक प्राप्त गरी ब्राइटस्टार बोर्डिङ स्कुल, शान्तिपुर चौथो भएको छ ।

 

Sponsored Ads

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.