web analytics

चर्चित निर्देशक अशोक बि.क.को दर्शकलाई नयाँ वर्षको उपहार,मर्मस्पर्शी म्युजिक भिडियो “जब सम्म सास छ” अब युटुबमा

काठमाडौ, १७ पौष
अहिले निकै चर्चामा रहेका निर्देशक अशोक बि.क.ले नयाँ वर्ष २०२० को अवसर पारेर मर्मस्पर्शी म्युजिक भिडियो “जब सम्म सास छ” युटुबमा लिएर आएका छ्न । गीतमा रहेको शब्दको मर्म अनुसार निकै मेहनत गरि जीवन्तता दिन निर्देशक बि.क. सफल देखिएका छन । कञ्चनपुर पुनर्वासमा जन्मी हुर्की राजधानी काठमाडौमा बसेर संघर्ष गरि सफलताको शिखर चढदै गरेका निर्देशक बि.क.ले सयौ म्युजिक भिडियो निर्माण गरीसकेका छ्न । त्यही अनुभवका कारण उनका म्युजिक भिडियो उच्चस्तरीय र हेर्दा आनन्द दिने खालका हुन्छ्न । कुशल नृत्यकार समेत रहेका हाल उनी निर्देशन मै व्यस्त छ्न । तर देश विदेशका स्टेज कार्यक्रमको लागि पनि उनी यात्रा गरीरहन्छ्न । नृत्यकार, निर्देशन र स्टेज कार्यक्रमलाई एकै साथ अगाडी बढाईरहेका निर्देशक बि.क. मेहनतलाई नै भगवान मान्छ्न ।

निर्देशक अशोक बि.क.
COVID-19 Post ADS

पछिल्लो चोटि उनले निर्देशन गरेको “जबसम्म सास छ”बोलको गीतमा अहिले निकै चर्चामा रहेकी गायिका मेलिना राईले स्वर दिएकी छिन र उनलाई बुद्ध मोक्तानले साथ दिएका छन । गीतको रचना सुरज पौडेलले गरेका हुन भने संगीत दिपकराज बिश्वकर्माको रहेको छ । ग्राये नटराज फिल्मसको पोष्ट प्रोडक्सनमा बनेको बनेको उक्त म्युजिक भिडियोको वितरक विहानी म्युजिक क्रियसन प्रा.ली.ले गरेको छ । भिडियोलाई ओ.एस.आर. डिजिटलले युटुबमा ल्याएको हो ।
भिडियोमा अभिषेक ओलि र एलिना देउजाको दमदार अभिनय हेर्न सकिन्छ ।
हेर्नुस् भिडियो

Facebook Comments
Down to post ads-480-38

Comments are closed.