web analytics

पुनर्वासमा सञ्चालित मैत्रीपुर्ण भेट्रान फूटबल प्रतियोगिताको उपाधी सञ्जीवनी ११लाई

कञ्चनपुर,१५ पुस
पुनर्वास २ अरनिको बस्तिको फूटबल मैदानमा
सञ्चालन भएको मैत्रीपुर्ण भेट्रान फूटबल प्रतियोगिताको उपाधी सञ्जीवनी ११ महेन्द्रनगरले प्राप्त गर्न सफल भएको छ । आयोजक टिम अरनिको भेट्रान क्लबलाई पेनाल्टी सुट आउटमा १ गोलका विरुद्ध २ गोलले पराजित गर्दै उपाधी हात पार्न सफल भएको हो ।”सबैका लागि र स्वास्थ्यका लागि खेल” भन्ने मुल नाराका साथ कृष्चियनहरुको महान चाड क्रिसमसको शुभ अवसर पारेर अरनिको खेलकुद विकास समिति र अरनिको भेट्रान क्लबले सो फूटबल प्रतियोगिताको आयोजना गरेको हो ।
खेल अवधिभरी दुवै टिमले कुनै गोल गर्न नसकेपछि खेल पेनाल्टी तर्फ लगीएको थियो ।
सो मैत्रीपुर्ण खुल्ला भेट्रान फुटबल खेलमा कञ्चनपुर र कैलालीका जम्मा १२ पुरुष टिमको सहभागीता रहेको थियो ।
प्रथम विजेता बनेको सञ्जीवनी ११भेट्रान महेन्द्रनगरले ७५ हजार नगद ,ट्रफी र मेडल प्राप्त गरेको थियो भने उपविजेता बनेको अरनीको भेट्रान क्लबले ४० हजार नगद ट्रफी र मेडलमा चित्त बुझाउनुपर्‍यो ।
समापन कार्यक्रममा सो खेलकुद प्रतियोगिता अवधिभर प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने देशको चौथो अंग मानिने पत्रकारहरुलाई सम्मान पत्र सहित सम्मानित गरिएको थियो ।
क्लबका अध्यक्ष मान बहादुर तामाङको सभापतित्व तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा पुनर्वास नगरपालिकाकि उपप्रमुख शारदा बिष्ट धामी र जिल्ला फुटबल संघका उपाध्यक्ष जित बहादुर तामाङको विशिष्ट आतिथ्य रहेको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.