web analytics

लालझाडीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको छ्लफल सम्पन्न

किसन नेपाली
कञ्चनपुर, १४ पुस
लालझाडीमा आगामी पुस १६ गतेदेखि आयोजना हुन गईरहेको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको बारेमा हिजो सरोकारवालाहरुसंग छलफल गरिएको छ ।
सो छलफल कार्यक्रममा लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायक, प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बुढा, लालझाडी गाउँपालिकामा रहेका विद्यालयका प्रधानाध्यापकहरु, सबै वडाका वडाध्यक्षहरु, कार्यपालिकाका सम्पूर्ण टिम, कबड्डीका राष्ट्रिय प्रशिक्षक बिष्णु भट्ट, भलिबल जिल्ला प्रशिक्षक हिमाल बिष्ट, सितोरियो कराँते क्षेत्रीय प्रशिक्षक डिल्लीराज सुवेदी, ग्रामिण विद्युत सहकारीका क्षेत्रीय अध्यक्ष किसन नेपाली लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।
छलफल कार्यक्रममा बोल्दै लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले आआफ्नो ठाउँबाट पहल र प्रयास गरि कार्यक्रमलाई ऐतिहाँसिक रुपमा सफल बनाउन सबैलाई आग्रह गर्नुभएको थियो । गाउँपालिकाको तर्फबाट भईरहेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने प्रयासमा सबैको सहयोग जरुरी भएको समेत अध्यक्ष बडायकले जिकिर गर्नुभयो ।
ग्रामीण विद्युत सहकारीका क्षेत्रीय अध्यक्ष किसन नेपालीले ग्रामीण क्षेत्रमा रहेका प्रतिभाहरुलाई गाउँपालिकाले अगाडि बढ्न सहयोग गर्नुपर्ने विचार राख्नुभयो । आफू र आफ्नो संस्थाले गाउँपालिकाका हरेक कार्यमा सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा हरेक विद्यालयले खेलकुद प्रतियोगितामा अनिवार्य रुपामा आफ्ना विद्यार्थीहरुलाई सहभागी गराउने र प्रशिक्षकहरुले आआफ्ना खेलाडीहरुलाई अनुशासित वातावरणमा खेलकुदमा सहभागीता गराउने बारेमा समेत छ्लफल भएको थियो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी पुस १६ गतेबाट लालझाडी २ कञ्ज स्थित खेलमैदानमा हुने गाउँपालिकाले जनाएको छ ।

किसन नेपाली हाम्रै साझा पत्रिकाका संवाददाता हुन ।
Facebook Comments
Down to post ads-480-38

Comments are closed.