web analytics

अष्ट्रेलियामा जारी बिग बास क्रीकेटमा सन्दीपको अर्को उत्कृष्ट प्रदर्शन

अष्ट्रेलिया : जारी बिग बास लिग (बीबीएल) मा मेल्बर्न स्टार्स र एडिलेड स्ट्राइकर्सबीच भइरहेको खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछानेले विकेट लिएका छन्।

छैठौँ ओभर बलिङ गर्न आएका सन्दीपले म्याथ्यू शर्टलाई बोल्ड आउट गराएका हुन् ।

उनले शर्टलाई १ रन दिएका थिए । त्यसपछि दोस्रो बलमा एलेक्स क्यारेले छक्का हिर्काए । क्यारे तेस्रो बलमा १ रन दौडिएपछि स्ट्राइकमा शर्ट आए। त्यसपछि चौँथो बलमा शर्टलाई उनले बोल्ड आउट गराएका हुन्।

उक्त ओभरमा सन्दीपले ८ रन खर्चिदै १ विकेट हात पारे। त्यसपछि आठौँ ओभरसमेत बलिङ गरेका सन्दीपले ५ रनमात्र खर्चिए।
एडिलेडले १० ओभरमा ३ विकेट गुमाउँदै ८४ रन जोडेको छ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.