web analytics

ब्रीलेन्ट स्टार ईङ्गलिस स्कुलको दशौ बार्षिकउत्सव भव्यताका साथ मनाइयो ! ( फोटोफिचर सहित )

शैक्षिक प्रणालीलाई रोजगारीमुलक बनाउनु पर्नेमा प्रदेश सभा सदस्य खड्काको जोड

मङ्सिर २२, पुनर्वास

विद्यालय स्थापना दिवसको अवसरमा कंचनपुरको पुनर्वास १ मा अवस्थित ब्रीलेन्ट स्टार ई. स्कुलको दशौ बार्षिकउत्सव भव्यताका मानाईएको छ्।

COVID-19 Post ADS

विद्यालयका संस्थापक अध्यक्ष आर्पी सार्कीको अध्यक्षता मा भएको कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सभा सदस्य लाल बहादुर खडका हुनुहुन्थ्यो । बिबिध सस्कृतिक कार्यक्रमहरुकासाथ मनाइएको स्कुलको दशौ बार्षिकउत्सव कार्यक्रमको बिशिस्ट अतिथिकोरुपमा नेकपा जिल्ल्ला अध्यक्ष वीर बहादुर थापा, नेकपा नेता पल्लवराज भट्टका साथै अतिथिहरु जिल्ला खेलकुद समिती सदस्य नवराज शाही , नेकपा नेता रामबहादुर देउकर , मानसिङ एसके, वडा सदस्य दिल्ली सार्की, १ नम्बर वडा सद्स्य सुमित्रा राना लगाएत शिक्षक, समाजसेवी, बुद्धिजीवी तथा शिक्षाप्रेमीहरु र पत्रकारहरुको बाक्लो उपस्थिति थियो।

कार्यक्रमका प्रमुख अतिथि एंव सुदुरपश्चिम प्रदेश सभा सदस्य माननीय लाल बहादुर खड्काले रोजगारी सृजना गर्ने शिक्षा तिर सबैले अग्रसर हुनु आजको आवस्यकता भएको औल्याउनु भयो । शिक्षाक्षेत्र बेरोजगार मानवसंसाधन उत्पादन गर्ने केन्द्रको रुपमा भन्दा पनि रोजगार सुनिश्चित गर्ने केन्द्रको रुपमा बिकसित गर्ने किसमको शिक्षा प्रणाली आवश्यक भएको भन्दै यसको लागि प्रदेश सरकारले पहल गर्ने बताउनु भयो । राम्रा संरचना हुँदाहुँदै धेरै सरकारी विद्यालयहरु बन्द भएको स्मरण गर्दै खड्काले कंचनपुरको दक्षिण र ग्रामिण क्षेत्रमा भएर पनि ब्रीलेन्ट स्टारमा बिद्यार्थीको यती धेरै चाप हुनुले विद्यालयको गुणस्तर धेरै राम्रो भएकोमा कुनै संका नरहेको बताउनु भयो । अबका दिनमा निजि र सरकारी नछुट्याई योजनाहरु ल्याउनु पर्ने बताउनु भयो।

त्यसरीनै कार्यक्रममा बोल्दै नेकपा जिल्ला अध्यक्ष तथा कार्यक्रमका बिशिस्ट अतिथी वीर बहादुर थापाले छोटो समयमा स्कुलले गरेको प्रगती स्मरणीय रहेको बताउदै यो क्षेत्रको शिक्षा क्षेत्रमा विद्यालयले पुर्याएको योगदान उल्लेखनीय भएको बताउनु भयो । बिद्यालयले शिक्षा , खेलकुद र कलात्मक प्रस्तुति द्दारा पुर्याएको योगदान अतुलनीय रहेको भन्दै अझै जीवनका वास्तविक पक्षलाई उतार्ने किसमले कला प्रस्तुत हुनुपर्ने पनि बताउनु भयो । ब्रीलेन्ट स्टारको जन्मदिने युवा संस्थापकहरुलाई धन्यवाद दिदै उहाँले आगामी दिनमापनी सबैले सहयोग गर्नु पर्ने बताउनु भयो।

उपस्थित सबैलाई स्वागत गर्दै सस्थापक तथा पुर्व प्रीन्सिपल यम प्रसाद आचार्यले ब्रीलेन्ट स्टार युवाहरुको उपज भएको भन्दै यसलाई सबैले उदाहरणको रुपमा लिनुपर्ने बताउने भयो । स्थापनाकाल देखिको बिकासक्रमलाई प्रकाश पार्दै आचार्यले युवाहरुले चलाउन सक्दैन भन्नेहरुको लागि स्कुलको अपार सफलतानै सहि जवाफ भएको बताउनु भयो । शिक्षाको क्षेत्रमा बिद्यालयले पुर्याएको योगदान यो क्षेत्रकैलागि नमुना भएको बताउदै ब्रीलेन्ट स्टार जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा उदाईरहेको बताउनु भयो । विद्यालयले विभिन्न संघ संस्था सगँ समन्वय गरि शिक्षकहरुको लागि तालिम, बिदेशी स्वयम् सेवक शिक्षकहरुको ब्यवस्था, गरिव र जेहेन्दार बिद्यार्थीका साथै अनाथ तथा सहिद परिवारका बालबालिकाहरुलाई छात्राबृत्तिको ब्यबस्था गर्ने एक मात्र निजि विद्यालय भएको बताउनु भयो। र आउने दिनमा नयाँ उचाईमा पुग्ने बताउनु भयो।


विद्यालयले स्थापनाकालको दशौ बर्ष पुगेको अवसरमा स्थापनाकाल देखिका शिक्षकहरुले पुर्याएको योगदानको कदर गर्दै दोसल्ला ओडाएर र सम्मान पत्र दिएर सम्मान गरेको छ। यसका साथै विद्यालयलाई विभिन्न क्षेत्रबाट योगदान दिने सबैलाई सम्मान गरेको छ।

कार्यक्रमको समापन गर्दै संस्थापक अध्यक्ष आर्पी सार्कीले बिद्यार्थीको चौतर्फी बिकासमा बिद्यालयले बैज्ञानिक तरिकाले अघि बढ्ने योजना ल्याएको बताउदै आगामी दिनमा पनि सबैको यस्तै सहयोगको अपेक्षा विद्यालयले गरेको बताउनु भएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.