web analytics

भारतमा बलात्कारको आरोपीलाई प्रहरीद्वारा ईन्काउण्टर

भारत । अनुसन्धानको क्रममा हिरासतमा रहेका चार जना बलात्कार आरोपीलाई भारतको हैदरावाद प्रहरीले घटनास्थलमा लगेर इन्काउन्टर गरेको छ । २७ नोभेम्बरमा एक भेटनरी डाक्टरको बलात्कार गरी चार युवकले शरीर जलाइदिएका थिए । घटनास्थलमा अपराधको सिन तयार पार्नका लागि प्रहरीले बलात्कार अभियोग लागेका चारै जनालाई शुक्रबार विहान लगेको थियो । तर आरोपी भाग्न खोजेपछि प्रहरीले गोली ठोकेको थियो ।
चारै जनाको मृत्यु भएको छ । घटनामा दुई प्रहरी घाइते भएको भारतीय मिडियाले जनाएका छन् । ब’ला’त्का’रपछि शरीर जलाएर फालिएको घटना सार्वजनिक भएपछि भारतभर विरोध भएको थियो । प्रहरीको इन्काउन्टरको स्वागत गरिएको छ । घर फर्किरहेकी डाक्टर स्कुटर पन्चर भएपछि एउटा टोल प्लाजामा बसेका बेला ट्रक ड्राइभर र क्लिनर रहेका आरोपीहरुले सामूहिक ब’ला’त्का’र गरी शरीर जलाइदिएका थिए ।
इन्काउन्टरपछि डाक्टरका बुवाले ‘छोरीको आत्माले शान्ति पाएको’ प्रतिक्रिया दिएका छन् । दिल्लीमा भएको निर्भया ब’ला’त्का’रका आरोपीहरुलाई फाँसी नदिइएकोमा आक्रोशित जमातले छोरीमाथि दुष्कर्म गर्नेहरूलाई मृत्युदण्डको माग गर्दै आइरहेका छन् ।
के भएको थियो?
तीन चारै जनालाई प्रहरीले पीडित महिलाको जलेको शव भेटिएको स्थानमा लगेर अनुसन्धान गर्न खोजेको हैदराबादका प्रहरी प्रमुख भीसी सज्जनारले बीबीसी तेलुगूलाई बताएका छन्। त्यहाँ उनीहरूले आफूमाथि आक्रमण गर्न खोजेपछि प्रतिकार गरेको र भिडन्त भएको प्रहरीको दाबी छ।
प्रहरीको बन्दुक खोस्न र भाग्न खोजेकाले गोली हानिएको प्रहरीले बीबीसी तेलुगूलाई बताएको छ। प्रहरीका अनुसार घटनामा दुई सुरक्षाकर्मी पनि घाइते भएका छन्। गत साता ती पशुचिकित्सकको बलात्कारपछि हत्या भएपछि भारतमा चर्को आक्रोश उत्पन्न भएको थियो। सडकदेखि संसद्सम्म दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेको थियो। संसद्मा बोल्दै सांसद जया बच्चनले भिडले नै दोषीलाई दण्ड दिनुपर्ने टिप्पणी गरेकी थिइन्।
दक्षिणी राज्य तमिलनाडुकी सांसद विजिला सात्यनान्थले देश महिला तथा बालबालिकाका निम्ति सुरक्षित नभएको भन्दै ती चार जनालाई डिसेम्बर ३१ अगावै फाँसी दिनुपर्ने माग राखेकी थिइन्। रक्षामन्त्री राजनाथ सिंहले उक्त घटना भारतका लागि लज्जास्पद भएको टिप्पणी गरेका थिए। उनले घटनाको निन्दा गर्ने उचित शब्द आफूसँग नभएको बताएका थिए।
गत साता पीडित महिलाको परिवारले प्रहरीले समयमै कारबाही नगरेको आरोप लगाएपछि तीन प्रहरी अधिकारी निलम्बनमा परेका थिए। पीडित महिला सम्पर्कविहीन भएको उजुरी गर्न जाँदा प्रहरीहरूले उनी भागेको हुन सक्ने भन्दै टिप्पणी गरेको उनका नातेदारले राष्ट्रिय महिला आयोगलाई बताएका थिए।
कसरी भयो घटना?
नोभेम्बर २८ को साँझ स्थानीय समयानुसार छ बजेतिर २७ वर्षीया महिला आफ्नो स्कूटरमा चिकित्सकहाँ जाने भन्दै घरबाट निस्किएकी थिइन्। पछि उनले आफ्नो स्कूटर पन्चर भएको, र एक ट्रक ड्राइभर सहयोग गर्न अघि सरेको जानकारी परिवारलाई फोनबाट दिएकी थिइन्। उनले आफू कुनै टल प्लाजा – सडकमा आवागमनका लागि पैसा तिर्ने ठाउँ – मा पर्खिरहेको बताएकी थिइन्।
त्यसको केही समयपछि उनलाई फोनमा सम्पर्क गर्ने प्रयास विफल भयो। बिहीवार बिहान उनको मृत शरीर सडकको ‘फ्लाईओभर’ मुनि एक दूध व्यापारीले भेटेका थिए। सन् २०१२ को डिसेम्बरमा राजधानी दिल्लीमा एक महिलाको बसभित्र सामूहिक ब’ला’त्का’र र ह’त्या भएयता भारतमा महिलाविरुद्धका यौन हिंसा चर्चाको केन्द्रमा रहँदै आएको छ। तर त्यस्ता हिंसाका घटना कम भएका सङ्केत देखा परेका छैनन्।
अपराधबारे पछिल्ला सरकारी आँकडामा सन् २०१७ मा भारतभर प्रहरीले ३३,६५८ ब’ला’त्का’रको घटना – अर्थात् प्रतिदिन ९२ – रेकर्ड गरिएको उल्लेख छ। एक २३ वर्षीया ‘बलात्कार पीडित’ महिलालाई अदालत जाँदै गर्दा आगो लगाइएपछि उनी बाँच्नका लागि उत्तरी भारतस्थित एउटा अस्पतालमा सङ्घर्ष गरिरहेकी छन्।
उत्तर प्रदेशमा गत मार्च महिनामा आफूलाई दुई जनाले ब’ला’त्का’र गरेको आरोप लगाएकी ती महिला सो मुद्दाको बहस सुन्न अदालत जाँदैथिइन्। आगोका कारण गम्भीर घाइते ती महिलाको अस्पतालमा उपचार भइरहेको बताइएको छ।

Sponsored Ads

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.