web analytics

दैनिक_राशिफल, वि.सं . २०७६ मंसिर १९ गते बिहीवार

वि.सं २०७६ मंसिर १९ गते बिहीवार तदनुसार ई.सं २०१९ डिसेम्बर ५ तारिख, दक्षिणायन,परिधावी नाम संवत्सर, हेमन्त ऋतु , मार्गशीर्षशुक्ल नवमी, पू.भानक्षत्र राति ८:२० बजेसम्म त्यसपछि उ.भानक्षत्र, वज्रयोग/ बालव/कौलवकरण , सूर्योदय ६:४१ सूर्यास्त ५:०६ ११/१२

Sponsored Ads

#शुभलाभादि_समय 👇
बिहान ६:३८ बजेदेखि ७:५९बजेसम्म #शुभबेला
बिहान ८:०० बजेदेखि ९:१७बजेसम्म #रोगबेला
बिहान ९:१८ बजेदेखि १०:३५ बजेसम्म #उद्वेगबेला
बिहान १०:३६ बजेदेखि ११:५३ बजेसम्म #चरबेला
बिहान ११:५४ बजेदेखि दि. १:११ बजेसम्म #लाभबेला
दिनमा १: १२ बजेदेखि २:२९ बजेसम्म #अमृतबेला
दिनमा २:३० बजेदेखि ३:४७ बजेसम्म #कालबेला
सांझ ३:४८ देखि ५:०६ बजेसम्म #शुभबेला
#अन्य_केही_समयहरु
#राहुकाल- ‌दिनमा १:११ देखि २:२९ बजेसम्म। #अभिजितमुहुर्त- बिहान १०:१८ देखि ११:०६बजेसम्म #यमगंडकाल- बिहान ६:४१ देखि ७:५९ बजेसम्म
#गुलिककाल- दिनमा २:२९ देखि ३:४७ बजेसम्म।

#नोट- पंचांगको केन्द्रीय समयभन्दा अरु ठाँउको स्थानीय समय ५-१५ मिनट फरक हुनाले शुभलाभादि समय हेर्दा बीचको समयलाई महत्व दिनुहोला ।

यदि हजुरले दैनिक रुपमा श्रीमान/श्रीमतीको अवहेलना,आमा बुवाको अपमान, अन्नको अनादर,गरीबको हाँसो उडाउने काम,परनिंदा, परस्त्री गमन,गुरु अवहेलना, इत्यादि खराब कर्महरु गर्नुहुन्छ भने त्यो कारणले पनि हजुरका राम्रा ग्रहदशा ले साथ दिदैनन ।राशिफल_जे_जस्तो_भएपनि_आशा_र_विश्वासको_साथमा_राम्रो_समयको_प्रतिक्षा_गर्नुहोला ।

 

#मेष-(चू, चे, चो ,ला,ली,लू,ले,लो,अ)
आजको दिनमा आर्थिक पक्ष कमजोर रहनेछ तथा नयाँ कामको शुरुआत नगर्नुहोला साथै वादविवादबाट जोगिनुहोला। आज जप्ने मंत्र ॐ अं अंगारकाय नमः। मेष राशिको स्थायी कुरा – तत्व: अग्नि, गुणवत्ता: अस्थिर रंग: गाढा रातो, दिन: मंगलवार राशि स्वामी: मंगल, स्वभाव – चंचलता, उग्र , संगत गर्ने योग्य राशि : सिंह, धनु, भाग्य अंक: 1 2
………………………
#वृष–(इ, ऊ,ऐ,ओ,व,वि, वू,वे वो)
आजको दिनमा सबैकामबाट फाईदा मिल्नेछ साथै शिक्षाक्षेत्रमा प्रगति हुनेछ, आफन्तसंग भेटघाट हुनेछ, नयाँ भोजनको प्राप्ति हुनेछ।आज जप्ने मंत्र ॐ विघ्नहर्ताय नमः। वृष राशिको स्थायी कुराहरु-तत्व: पृथ्वी,, गुणवत्ता: स्थिर ,
रंग: नीलो, दिन: शुक्रवार, सोमवार ,राशि स्वामी: शुक्र स्वभावः शान्त एवं एकदम उग्र। संगत गर्ने योग्य राशि : कन्या, मकर , भाग्य अंक: 2, 7,

………………
#मिथुन-(का,की,कू, घ, ङ,छ, के, को, ह)
आजको दिनमा हजुरले आटेका कामहरुमा सफलता हाथ लाग्नेछन् साथै मन प्रसन्न रहनेछ, जागिर तथा व्यवसाय क्षेत्रमा पदोन्नति हुने संकेत देखिन्छ। आजको दिनमा ॐ बुं बुधाय नमः मंत्र जप गर्नुहोला। मिथुन राशिको स्थायी कुरा -तत्व : वायु, गुणवत्ता: द्विस्वभाव ,रंग: हरियो, दिन: बुधवार, राशि स्वामी: बुध संगत गर्ने योग्य राशि : तुला, कुंभ ,भाग्य अंक: 3, 6

….………………………
#कर्कट – (हि हु हे हो डा डि डु डे डो)
आजको दिनमा सामाजिक तथा धार्मिक कार्यबाट फाईदा मिल्ने योग बनेको छ साथै आजको दिनमा शिक्षाक्षेत्रबाटपनि फाईदा देखिन्छ नयाँ लगानि ले फाईदा पुर्याउनेछ।आजको दिनमा ॐ हरये नमः मंत्र जप गर्नुहोला।कर्कट राशि , तत्व: जल, गुणवत्ता: मूल , रंग: सेतो, दिन: सोमवार, बिहिबार , राशि स्वामी: चंद्र , संगत गर्ने योग्य राशि : वृश्चिक, मीन, भाग्य अंक: 4,

………………………
#सिंह-(मा मि मु मे मो टा टि टु टे)
आजको दिनमा हजुरलाई यात्रामा कष्ट मिल्ने योग देखिएको छ साथै आजको दिनमा कुनै रोगले छुनेछ, आजको दिनमा व्यापार व्यवसाय क्षेत्रमा विशेष सावधानी अपनाउनु होला। आज जप्ने मंत्र ॐ गं गणपतये नमः। सिंह राशिको स्थायी कुरा-तत्व: अग्नि, गुणवत्ता: स्थिर, रंग: हल्का रातो, आॅरेंजदिन: रविवार राशि स्वामी: सूर्य , संगत गर्ने योग्य राशि : मेष, धनु, भाग्य अंक: 5

………………………
#कन्या-(टो पा पि पू ष ण ठ पे पो)
आजको दिनमा हजुरलाई मान्यजन तथा सरकारी स्तरीय सम्मान मिल्ने योग बनेको साथै आजको दिनमा हजुरलाई जागिरमा पदोन्नति मिल्ने योग बनेको छ। आजको दिनमा ॐ बुं बुधाय नमः मंत्रको जप गर्नुहोला ।कन्या राशिको स्थायी कुरा-, तत्व: पृथ्वी, गुणवत्ता: द्विस्वभाव , रंग: हरियो , दिन: बुधवार , राशि स्वामी: बुध , संगत गर्ने योग्य राशि : वृष, मकर , भाग्य अंक: 3,
……………………………….
#तुला-(रा री रु रे रो ता ती तु ते)
आजको दिनमा उत्तम सम्पत्ति मिल्ने संकेत देखिएको छ साथै आजको दिनमा हजुरलाई व्यापार व्यवसायमा फाईदा मिल्ने योग देखिएको छ।आजको दिनमा ॐ शुं शुक्राय नमः मंत्र जप गर्नुहोला। तुला राशिको स्थायी कुरा-तत्व: वायु, गुणवत्ता: अस्थिर , रंग: नीलो, दिन: शुक्रवार , राशि स्वामी: शुक्र, संगत गर्ने योग्य राशि : मिथुन, कुंभ , भाग्य अंक: 2,8

………………………..
#वृश्चिक- (तो ना नि नू ने नो या यी यू)
आजको दिनमा हजुरलाई मान्यजनहरुको संगत प्राप्ति हुने र ज्ञानवृद्धि प्राप्त हुनेछ, बोलि वचनबाट फाईदा देखिन्छ , सोचेको काममा सफलता तथा जस मिल्नेछ,आजको दिनमा ॐ विघ्नहर्ताय नमः मंत्रको जप गर्नुहोला। वृश्चिक राशिको. स्थायी कुरा- तत्व: जल, गुणवत्ता: स्थिर , रंग: रातो, दिन: मंगलवार , राशि स्वामी: मंगल , संगत गर्ने योग्य राशि – कर्क, मीन , भाग्य अंक: 1,8
…………………….
#धनु – ( ये यो भा भी भू ध फा ढ भे)
आजको दिनमा हजुरलाई पारिवारिक सहयोग मिल्नेछैन साथै सानो झगडि पर्ने संकेत देखिएको छ विशेष गरेर आज बोलि वचनमा ख्याल राख्नुहोला। आजको दिनमा ॐ बृं बृहस्पतये नमः मंत्रको जप गर्नुहोला ।धनु राशिको स्थायी कुरा–, तत्व: अग्नि, गुणवत्ता: द्विस्वभाव रंग: पहेलो, दिन: बिहीबार , राशि स्वामी: बृहस्पति , संगत गर्ने योग्य राशि : मेष, सिंह , भाग्य अंक: 9:12

……………………..
#मकर-(भो जा जी जे जू जो खा खी खू खे खो गा गी)
आजको दिनमा हजुरको आर्थिक स्थितिमा वृद्धि देखिन्छ साथै गरेको कामबाट सफलता पनि मिल्नेछ, भ्रमण योग बनेको छ ,धनलाभको संकेत देखिन्छ। आजको दिनमा ॐ कार्तिकेय नमः मंत्रको जप गर्नुहोला। मकर राशिको स्थायी कुरा–तत्व: पृथ्वी, गुणवत्ता: अस्थिर रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनिसंगत गर्ने योग्य राशि : वृष, कन्या, भाग्य अंक: 1,2

……………………..
#कुम्भ – (गू गे गो सा सी सू से सो द)
आजको दिनमा हजुरलाई आरोग्यता प्रसन्नता तथा गरेको कामबाट सफलता हाथ लाग्नेछ, पारिवारिक सहयोग मिल्नेछ , वैवाहिक जीवनमा नयाँ उमंग आउनेछ।आजको दिनमा ॐ सोमेश्वराय नमः मंत्रको जप गर्नुहोला।कुम्भ राशिको स्थायी कुरा-तत्व: वायु, , गुणवत्ता: स्थिर, रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनिवार संगत गर्ने योग्य राशि : मिथुन, तुला, भाग्य अंक2,1

…………………….
#मीन -(दी दू थ झ ञ दे दो चा ची)
आजको दिनमा हजुरको घरमा माता लक्ष्मीको कृपा मिल्नेछ साथै आजको दिनम हजुरलाई गरेको कामबाट सफलता मिल्नेछ, सरकारी निकायबाट फाईदा मिल्नेछ।आजको दिनमा ॐ हरये नमः मंत्रको जप गर्नुहोला , तत्व: जल, , गुणवत्ता: द्विस्वभाव रंग: पहेलो , दिन: गुरुवार, राशि स्वामी: गुरु संगत गर्ने योग्य राशि : कर्क, वृश्चिक भाग्य अंक: 9,12

 

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.