web analytics

चौथो दिन नेपाललाई ६ स्वर्ण, सक्षमको नाममा ऐतिहासिक स्वर्ण

१८ मंसिर, काठमाडौं ।
१३औं दक्षिण एसियाली खेलकुद सागको चौथो दिन थप ६ स्वर्ण जित्दै नेपालले सागमा स्वर्णको संख्या १०० पुर्याएको छ । तेक्वान्दो खेलाडी सक्षम कार्की नेपालका लागि ऐतिहासिक स्वर्ण जित्ने खेलाडी बने । उनले ८७ केजीमाथिको तौल समूहमा पाकिस्तानी खेलाडीलाई पराजित गरे ।

Sponsored Ads


स्वर्ण जितेपछि अनय खेलाडी जस्तै सक्षम पनि निकै खुशी थिए । उनले सागमा पहिलो पटक स्वर्ण जितेका थिए त्यसैले पनि खुशी थिए ।

‘मैले गरेको मेहनतले सफलता पाएको छ । एकदमै खुशी छु’ स्वर्ण जितेपछि २३ वर्षीय सक्षमले भने । अन्त्यमा उनलाई तपाईको यो स्वर्ण सागमा १००औँ हो नि भन्दा उनी झन् उत्साहित भए । ‘अहो हो र मलाई थाहा थिएन म भाग्यमानी रहेछु’ सक्षमले भने।

साभार onlinekhabar.com बाट

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.