web analytics

बेलौरी उद्योग वाणिज्य संघको निर्वाचनमा जम्मा ८७.५ प्रतिशत मतदान 

चौधरी र साउँद गरी दुई प्यानलमा निर्वाचन

-हरिश चन्द्र बाग

कञ्चनपुर, १५ मंसिर

COVID-19 Post ADS

कञ्चनपुरको बेलौरी उद्योग वाणिज्य संघको निर्वाचनमा जम्मा ८७.५ प्रतिशत मतदाताले मतदान गरेका छन् । जम्मा ९ सय ५२ जना मतदाता रहेकोमा उद्योग तर्फ ३१६ जना र वाणिज्य तर्फ ५१७ जना गरी जम्मा ८३३ जनाले मतदान गरेको प्रमुख निवार्चन आयुक्त लक्ष्मण खरेलले जानकारी दिनुभयो ।

बेलौरी उद्योग वाणिज्य संघको प्रांगणमा आज आइतबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म शान्तिपूर्ण मतदान भएको थियो । मतदान सकिएपछि मत गणनाको आवश्यक तयारी भइरहेको बताइएको छ । कडा सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्वाचन केन्द्रको सुरक्षार्थ खटाइएको छ । बेलौरी उद्योग वाणिज्य संघको दोस्रो कार्यसमितिका लागि लक्ष्मी नारायण चौधरी र टेक बहादुर साउँद गरी दुई प्यानलमा निर्वाचन भइरहेको छ ।

अध्यक्ष पदका दुवै उम्मेदवारहरुले यसअघि अध्यक्ष पदमै तीनतीन वर्षे कार्यभार सम्हालिसक्नु भएको छ । यसअघि २०७३ कार्तिक २७ गते सम्पन्न बेलौरी उद्योग वाणिज्य संंघको पहिलो कार्यसमितिको निर्वाचनबाट तत्कालीन अध्यक्ष पदका अर्का प्रत्यासी टेक बहादुर साउँदलाई ६१ मतले पछाडी पार्दै लक्ष्मी नारायण चौधरी अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । त्यसअघि कञ्चनपुर उद्योग वाणिज्य संघको शाखा बेलौरी रहँदा साउँदले नेतृत्व गर्नुभएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.