web analytics

पुनर्वासमा नगरस्तरीय च्याउ खेती तालीम सुरु

कञ्चनपुर, १५ मङ्सिर
पुनर्वास नगरपालिका कृषि विकास शाखाको आयोजनामा च्याउ खेती तालिम सुरु भएको छ । किसानहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ तालीम दिन लागीएको सो युवा स्वरोजगार व्यावसायिक च्याउ खेति तालिम आज र भोलि गरि दुई दिन हुनेछ ।
पुनर्वास नगर प्रवक्ता तथा कृषि विकास समिति  संयोजक  भारमल सुनारको सभापतित्व र पुनर्वास नगरप्रमुख जीवनराज थापाको प्रमुख आथित्यमा उदघाटन कार्यक्रम भएको थियोे ।
नगरप्रमुख जीवनराज थापाले एक कार्यक्रम बिच तालिमको उदघाटन गर्नुभयो । कृषि विकास शाखा हल, प्रतिभानगर टाउनमा सो तालिम संचालन भईरहेको छ ।
उदघाटन कार्यक्रममा नगरप्रमुख जीवनराज थापाले व्यावसायिक च्याउ खेती तालीमले युवालाई स्वरोजगार बनाई देशमा रहेको बेरोजगारी समस्यालाई हटाउन थोरै भएपनि सहयोग पुग्ने कुरामा आफू आशावादी रहेको बताउनुहुँदै सहभागी किसानहरु मध्ये उत्कृष्ट सहभागी किसानलाई नगरपालिकाको तर्फबाट पुरस्कृत गरीने घोषणा समेत गर्नुभयो ।
सभापतिको रुपमा रहनुभएका नगरप्रवक्ता तथा कृषि विकास समिति  संयोजक  भारमल सुनारले किसानहरूले केवल अनुदान रकमको लागी मात्र तालीम नगरी तालीम पश्चात् उत्कृष्ट किसान बनेर आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । व्यावसायिक किसान बनेर आफ्नो आर्थिक अवस्थालाई सुधार गर्नुका साथै नयाँ पुस्ता र अन्य किसानहरुको समेत प्रेरणा बन्नुपर्ने उहाँको भनाइ थियो ।
तालीममा तीस जना किसानहरुको सहभागीता रहेको छ । तालीम पश्चात् हरेक किसानहरुले आफ्नो फार्ममा १२५ पोका च्याउ उत्पादन गर्नुपर्ने छ । च्याउ उत्पादन गरे वा नगरेको नगरपालिकाले अनुगमन गर्ने र उत्पादन गर्ने किसानहरुलाई जनही २० हजारका दरले अनुदान दिईने कार्यक्रममा बताईएको थियो ।
तालीममा सहभागी किसानहरुलाई कृषि विकास शाखाको भवन पछाडि बनेको च्याउ फार्ममा
सैद्धान्तिक र व्यवहारीक ज्ञान दिईने कृषि विकास शाखा टाउनका कार्यालय प्रमुख कर्ण बहादुर शाहीले हाम्रै साझा पत्रिकालाई बताउनुभयो ।
सो तालिममा प्रशिक्षकको रुपमा कार्यालय प्रमुख कर्ण बहादुर शाही, प्रा.स.ललिता चौधरी र प्रा.स. भागरथी कलौनी हुनुहुन्छ ।

Sponsored Ads

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.