web analytics

दैनिक_राशिफल, वि.सं . २०७६ मंसिर १५ गते आइतवार

वि.सं २०७६ मंसिर १५ गते आइतवार तदनुसार ई.सं २०१९ डिसेम्बर १ तारिख, दक्षिणायन,परिधावी नाम संवत्सर, हेमन्त ऋतु , मार्गशीर्षशुक्ल पंचमी , उ.षानक्षत्र बिहान ११:३२ बजेसम्म त्यसपछि श्रवणनक्षत्र, वृद्धियोग/ बव/बालवकरण , सूर्योदय ६:३८ सूर्यास्त ५:०६ चं रा १०

Sponsored Ads

#शुभलाभादि_समय 👇
बिहान ६:३८ बजेदेखि ७:५६बजेसम्म #उद्वेगबेला
बिहान ७:५७ बजेदेखि ९:१५बजेसम्म #चरबेला
बिहान ९:१६ बजेदेखि १०:३३ बजेसम्म #लाभबेला
बिहान १०:३४ बजेदेखि ११:५२ बजेसम्म #अमृतबेला
बिहान ११:५३ बजेदेखि दि. १:१० बजेसम्म #कालबेला
दिनमा १: ११ बजेदेखि २:२९ बजेसम्म #शुभबेला
दिनमा २:३० बजेदेखि ३:४७ बजेसम्म #रोगबेला
सांझ ३:४८ देखि ५:०६ बजेसम्म #उद्वेगबेला
#अन्य_केही_समयहरु
#राहुकाल- ‌दिनमा ३:४७ देखि ५:०६ बजेसम्म। #अभिजितमुहुर्त- बिहान १०:२० देखि ११:०८ बजेसम्म #यमगंडकाल- बिहान १०:३३ देखि ११:५१ बजेसम्म
#गुलिककाल- बिहान ९:१५ देखि १०:३३ बजेसम्म।

#नोट- पंचांगको केन्द्रीय समयभन्दा अरु ठाँउको स्थानीय समय ५-१५ मिनट फरक हुनाले शुभलाभादि समय हेर्दा बीचको समयलाई महत्व दिनुहोला ।

यदि हजुरले दैनिक रुपमा श्रीमान/श्रीमतीको अवहेलना,आमा बुवाको अपमान, अन्नको अनादर,गरीबको हाँसो उडाउने काम,परनिंदा, परस्त्री गमन,गुरु अवहेलना, इत्यादि खराब कर्महरु गर्नुहुन्छ भने त्यो कारणले पनि हजुरका राम्रा ग्रहदशा ले साथ दिदैनन ।राशिफल_जे_जस्तो_भएपनि_आशा_र_विश्वासको_साथमा_राम्रो_समयको_प्रतिक्षा_गर्नुहोला ।

चाडपर्वादिमा- विवाह पंचमी,जनकपुरमा रामसीता विवाह,पंचमी मेला।

#मेष-(चू, चे, चो ,ला,ली,लू,ले,लो,अ)
आजको दिनमा तपाईको समाजमा मान प्रतिष्ठा बढ्ने, नयाँ आम्दानीको श्रोत मिल्नेछ साथै विभिन्न स्थितिमा सोचेका कामहरु पुरा हुने तर्फ जानेछन् ,सरकारी निकायबाट फाईदा मिल्ने संकेत देखिन्छ, राशि मालिकको राम्रो स्थिति भएको कारण भूमि तथा स्वास्थ्य सम्बन्धित लाभ मिल्ने संकेत देखिन्छ।
#मेष_राशिको_लागि_स्थायी_कुराहरु 👇
राशि मालिकको दैनिकी एक माला जप्ने मंत्र ॐ अं अंगारकाय नमः। – तत्व: अग्नि, गुणवत्ता: अस्थिर रंग: गाढा रातो, दिन: मंगलवार राशि स्वामी: मंगल, स्वभाव – चंचलता, उग्र , संगत गर्ने योग्य राशि : सिंह, धनु, भाग्य अंक: १,८
………………………
#वृष–(इ, ऊ,ऐ,ओ,व,वि, वू,वे वो)
आजको दिनमा सफलताको लागि हतार नगरेर आरामले काम लिनुभयो भने आफुलाई फाईदा हुनेछ तर जथाभावी बोलेर काम नबिगार्नुहोला, आर्थिक स्थितिमा केही सुधार आउनेछ तर शिक्षाक्षेत्रमा बढी समय दिनुपर्ने देखिन्छ ,राशि मालिकको स्थिति खराब भएको कारणले सुखको कमी महसुस हुनेछ।
#वृष_राशिको_स्थायी_कुराहरु 👇
राशि मालिकको दैनिकी एक माला जप्ने जप्ने मंत्र ॐ शुं शुक्राय नमः -तत्व: पृथ्वी,, गुणवत्ता: स्थिर , रंग: नीलो, दिन: शुक्रवार, सोमवार ,राशि स्वामी: शुक्र स्वभावः शान्त एवं एकदम उग्र। , संगत गर्ने योग्य राशि : कन्या, मकर , भाग्य अंक: २,७
………………
#मिथुन-(का,की,कू, घ, ङ,छ, के, को, ह)
आजको दिनमा शारीरिक तथा मानसिक रुपमा मजबूती मिल्नेछ, राशि मालिकको स्थिति राम्रो भएर बोलि वचनबाट फाईदा देखिन्छ साथै आफ्नो राशि स्थानमा राहु भएको कारणले कसैको अगाडी झुक्नु पर्दैन।
#मिथुन_राशिको_स्थायी_कुराहरु 👇
राशि मालिकको दैनिकी एक माला ॐ बुं बुधाय नमः मंत्र जप गर्नुहोला। कुरा–तत्व : वायु, गुणवत्ता: द्विस्वभाव ,रंग: हरियो, दिन: बुधवार, राशि स्वामी: बुध संगत गर्ने योग्य राशि : तुला, कुंभ ,भाग्य अंक: ३,६
….………………………
#कर्कट – (हि हु हे हो डा डि डु डे डो)
आजको दिनमा वैवाहिक जीवनमा सुधार आउनेछ,जागिरमा पदोन्नति हुने संकेत देखिएको साथै आफन्तजन तथा इष्टमित्रको सहयोगले रोकिएको काम पुरा हुने तर्फ जानेछ तर बोलिवचनमा ख्याल गर्नुहोला।
#कर्कराशिको_स्थायी_कुराहरु👇
राशि मालिकको दैनिकी रुपमा एक माला ॐ सों सोमाय नमः मंत्र जप गर्नुहोला ।राशि , तत्व: जल, गुणवत्ता: मूल , रंग: सेतो, दिन: सोमवार, बिहिबार , राशि स्वामी: चंद्र , संगत गर्ने योग्य राशि : वृश्चिक, मीन, भाग्य अंक: ४
………………………
#सिंह-(मा मि मु मे मो टा टि टु टे)
आजको दिनमा तपाईलाई सफलताको लागि अलि बढी परिश्रम गर्न पर्ने‌ समय देखिन्छ, वादविवादबाट जोगिनुहोला ,कामको तनावले पारिवारिक सुखबाट वंचित रहनुपर्नेछ, कुनैपनि नयाँ कामको शुरुवात नगर्नुहोला।
#सिंह_राशिको_स्थायी_कुराहरु👇
राशि स्वामीको दैनिक रुपमा एक माला जप गर्नुहोला। जप्ने मंत्र ॐ घृणि सूर्याय नमः। सिंह राशिको स्थायी कुरा-तत्व: अग्नि, गुणवत्ता: स्थिर, रंग: हल्का रातो, आॅरेंजदिन: रविवार राशि स्वामी: सूर्य , संगत गर्ने योग्य राशि : मेष, धनु, भाग्य अंक: ५
……………………….
#कन्या-(टो पा पि पू ष ण ठ पे पो)
आजको दिनमा टाढाको यात्रा नगर्नुहोला आवश्यक भएमा राम्रो साइत हेरेर मात्र यात्रा गर्नुहोला, वैवाहिक जीवनमा सुधार आउनेछ, आजको दिनमा कुनैपनि निर्णय लिँदा घरपरिवारको सल्लाह लिएर अगाडी बढ्दा सफलता मिल्नेछ।
#कन्या_राशिको_स्थायी_कुराहरु 👇
राशि मालिकको दैनिकी एक माला ॐ बुं बुधाय नमः मंत्रको जप गर्नुहोला ।कन्या राशिको स्थायी कुरा-, तत्व: पृथ्वी, गुणवत्ता: द्विस्वभाव , रंग: हरियो , दिन: बुधवार , राशि स्वामी: बुध , संगत गर्ने योग्य राशि : वृष, मकर , भाग्य अंक: ३,६
……………………………….
#तुला-(रा री रु रे रो ता ती तु ते)
आजको दिनमा कार्यक्षेत्रमा सफलता मिल्नेछ तर आजको दिनमा कार्यक्षेत्रमा महिलाको विश्वासमा छिटै नगर्नुहोला नत्र बन्न लागेको कामपनि फुत्कने छ, , मौनता कायम राख्ने तथा बाहिरी व्यक्तिको कुरामा विश्वास नगरे वैवाहिक जीवन सही दिशामा जानेछ।
#तुला_राशिको_स्थायी_कुराहरु 👇
राशि मालिकको दैनिकी एक माला ॐ शुं शुक्राय नमः मंत्र जप गर्नुहोला। तुला राशिको स्थायी कुरा-तत्व: वायु, गुणवत्ता: अस्थिर , रंग: नीलो, दिन: शुक्रवार , राशि स्वामी: शुक्र, संगत गर्ने योग्य राशि : मिथुन, कुंभ , भाग्य अंक: २,७
………………………..
#वृश्चिक- (तो ना नि नू ने नो या यी यू)
आजको दिनमा तपाईलाई सामाजिक रुपमा केही अपजस आउन सक्ने संभावना देखिएको छ सतर्कता अपनाउनु होला, पारिवारिक सहयोग पाईनेछ तर साथीहरुबाट आजको दिनमा धेरै आशा नराख्नुहोला , चाहिनेभन्दा बढी नबोल्नु होला नत्र बोलिको कारणले काम बिग्रनेछ, बग्ने र डुब्ने (नदी,स्विमिंग) पानीबाट टाढा रहनुहोला।
#वृश्चिक_राशिको_स्थायी_कुराहरु 👇
राशि मालिकको दैनिकी एक माला ॐ भौमाय नमः मंत्रको जप गर्नुहोला। वृश्चिक राशिको. स्थायी कुरा- तत्व: जल, गुणवत्ता: स्थिर , रंग: रातो, दिन: मंगलवार , राशि स्वामी: मंगल , संगत गर्ने योग्य राशि – कर्क, मीन , भाग्य अंक: १,८
…………………….
#धनु – ( ये यो भा भी भू ध फा ढ भे)
आजको दिनमा मान्यवरहरुको संगतिले ज्ञानमा वृद्धि हुनेछ,
बौद्धिक क्षेत्रमा पक्ष मजबूत रहनेछ साथै मनले आंटेका कामहरु पुरा हुने तर्फ जानेछन्, सामाजिक जस पाईनेछ।
#धनु_राशिको_स्थायी_कुराहरु 👇
राशि मालिकको दैनिकी एक माला ॐ बृं बृहस्पतये नमः मंत्रको जप गर्नुहोला ।धनु राशिको स्थायी कुरा–, तत्व: अग्नि, गुणवत्ता: द्विस्वभाव रंग: पहेलो, दिन: बिहीबार , राशि स्वामी: बृहस्पति , संगत गर्ने योग्य राशि : मेष, सिंह , भाग्य अंक: ९,१२
……………………..
#मकर-(भो जा जी जे जू जो खा खी खू खे खो गा गी)
आजको दिनमा आरोग्यता, प्रसन्नता मिल्नेछ, सरकारी तथा राजनीतिक क्षेत्रबाट फाईदाको संकेत देखिन्छ, शिक्षाक्षेत्रमा अलि बढी समय दिनुपर्ने देखिन्छ साथै गरेको कामबाट जस मिल्नेछ।
#मकर_राशिको_स्थायी_कुराहरु👇
राशि मालिकको दैनिकी एक माला ॐ शं शनैश्चराय नमः मंत्रको जप गर्नुहोला। मकर राशिको स्थायी कुरा–तत्व: पृथ्वी, गुणवत्ता: अस्थिर रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनिसंगत गर्ने योग्य राशि : वृष, कन्या, भाग्य अंक: १०,११
……………………..
#कुम्भ – (गू गे गो सा सी सू से सो द)
आजको दिनमा माता लक्ष्मीको कृपा रहनेछ, शारीरिक तथा मानसिक शांति मिल्नेछ साथै वैवाहिक जीवनमा सुन्दरता आउनेछ, यदि कुनै नयाँ कामको शुरुवात गर्ने सोचमा हुनुहुन्छ ‌भने आजको दिनमा शुभ ,लाभ अथवा अमृत समय कार्यको थालनी गर्नुहोला।
#कुम्भराशिको_स्थायी_कुराहरु 👇
राशि मालिकको दैनिकी एक माला ॐ सूर्यपुत्राय नमः मंत्रको जप गर्नुहोला। तत्व: वायु, , गुणवत्ता: स्थिर, रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनिवार संगत गर्ने योग्य राशि : मिथुन, तुला, भाग्य अंक: 4, 8, 13,
…………………….
#मीन -(दी दू थ झ ञ दे दो चा ची)
आजको दिनमा जागिरमा पदोन्नति को संकेत देखिन्छ तर बोलि वचनमा विशेष ख्याल गर्नुहोला साथै आज कुनैपनि नयाँ कामको शुरुवात गर्दा आफुलाई घाटा हुने संकेत देखिन्छ।
#मीनराशिको_स्थायी_कुराहरु
राशि मालिकको दैनिकी एक माला ॐ गुरवे नमः मंत्रको जप गर्नुहोला , तत्व: जल, , गुणवत्ता: द्विस्वभाव रंग: पहेलो , दिन: गुरुवार, राशि स्वामी: गुरु संगत गर्ने योग्य राशि : कर्क, वृश्चिक भाग्य अंक: 3, 7, 12,

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.