web analytics

पुनर्वास मतदान केन्द्र नजिक भेटिएको शंकास्पद बस्तु निष्क्रिय

पुनर्वास , मंसिर १४
कञ्चनपुरको पुनर्वास नगरपालिकामा ३ स्थित गोर्खा आधारभुत विद्यालयको मतदान केन्द्रदेखि  २५० मिटर पर भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ । शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको हो ।

Sponsored Ads

वडाअध्यक्षका लागि कञ्चनपुरको पुनर्वास ३ मा आज मतदान भएको छ । मतदान गर्न सोही वडाका मतदाता समेत रहनुभएका खानेपानी मन्त्री वीना मगर, नेकपा सुदुरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङ, जिल्ला समन्वय समिति सभापति फैरु तामाङ लगाएतले मतदान गरेका छन । वडाअध्यक्ष पदमा निर्वाचित भएका फैरु तामाङ जिल्ला समन्वय समितिमा पुगेपछि रिक्त रहेको वडाअध्यक्ष पदका लागि निर्वाचन भएको हो । अहिलेसम्म वडाअध्यक्षको जिम्मेवारी वडासदस्य सुप्पा तामाङले सम्हाल्दै आउनुभएको थियो ।

वडाअध्यक्ष पदका लागि विभिन्न चार दलका उम्मेदवारहरुले निर्वाचनमा भाग लिएका छन । यद्यपि, नेकपाका उम्मेदवार कृष्ण तामाङ र कांग्रेसका उम्मेदवार दिप बहादुर तामाङको प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.