web analytics

चलचित्र जगतमा उदाएका टंक धमला

जिबि आग्री, काठमाडौ – सुदुर पश्चिमको कैलाली जिल्लामा जन्मिएका टंक धमला हाल लण्डनमा बस्दै आएका छन ।

Sponsored Ads

कैलालीदेखि काठमाडौँ सम्मको यात्रामा सुरुवातका दिन हरुमा रेडियोमा काम गर्न थाले । सायद चलचित्र क्षेत्रमा बढि रुचि हुनाले होला उनलाइ फिल्म सम्बधी अझ जान्न र पढ्न मन लाग्यो । त्यसैले होला उनि कामको शिलसिला र अध्यानको लागि लण्डन पुगे ।  त्यहाँ चलचित्र सम्बन्धी विशेष अध्ययन गर्न थाले सङै उनले सीए पनि पढ्न थाले । अध्ययन पुरा गरेपछि उनी ‘सिए’ बने हाल लनडनमै रहेर पनि नेपाली फिल्म र नेपाललाइ माया गर्ने टन्क भबिस्यमा नेपाली चलचित्र जगतलाइ अन्तराष्ट्रिय स्तर सम्म पुर्याउनु पर्छ भन्ने सोचाइका साथ यस क्षेत्रमा लागिरहेका छन । पैसा कमाएता पनि नाम कमाउनको लागि समाजसेवा सङै कलाकारिता पनि एक हो भन्दै आफ्नो कला मार्फत दर्शकको मन जित्ने कोसिसमा छन ।

हालै रिलिज भएको चलचित्र “सरौतो”’बाट अभिनय यात्रा सुरु गरेका छन् । यो चलचित्र के कति सफल हुन्छ भन्नेमा खासै अनुमान नगरेता पनि आफ्नो रोल प्रती उनी आशाबादी नै छन।पहिलो पटक चलचित्रमा उनले नेगेटिभ भुमिकामा काम गरेका छन् । तर यसलाई दर्शकले पोजेटिभ तरिकाले लिएमा आफ्नो चलचित्र यात्रा सफल र सहज हुने बताउछन् ।

नेटफ्लिक्समा आउने इङ्लिस चलचित्रमा पनि उनले अभिनय गरिसकेका छन् ।”कर्मा” नामक चलचित्रमा पनि उनिले मुख्य भूमिकामा काम गरेका छन् । स्विस एयरलाइन्सको अफिसियल मोडल पनि रहेका टंक । अडी कारको विज्ञापनका लागि पनि अनुबन्धित भैसकेका छन्।

झट्ट हेर्दा हलिउड र बलिउडका हिरो भन्दा कम नदेखिने टंक कथा बस्तुले मागेर नेगेटिभ रोल प्ले गरेता पनि उनको इच्छा चाहिँ हिरो नै बन्ने बताउछन ।


ट्रेलर

 


जिबि आग्री : हाम्रै साझा पत्रिकाका लागि चलचित्र बिटमा कलम चलाउछन ।
Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.