web analytics

पुनर्वास ३ मा मतदान सम्पन्न, अहिले बेलुकी ८ बजेबाट मतगणना गरीने

कञ्चनपुर, १४ मंसिर 

Sponsored Ads

 पुनर्वास नगरपालिकाको वडानम्बर ३ मा वडाध्यक्ष पदका लागि आज मतदान सम्पन्न भएको छ । स्थानीय गोरखा आधारभूत विद्यालयमा सम्पन्न मतदानमा कुल १ हजार १ सय ९९ मतदाता मध्ये ९२४ मत खसेको छ । प्रतिशतमा हेर्दा ७७ प्रतिशत मत खसेको देखिन्छ ।
यस वडामा पुरुष ५५९ र महिला मतदाता ६४० रहेका छन् । दुई मतदान केन्द्र निर्धारण गरिएको उक्त मतदान स्थलमा क मतदान केन्द्रमा ६१६ र ख मतदान केन्द्रमा ५८३ मतदाताले मतदान गर्ने गरी केन्द्र निर्धारण गरिएको थियो ।
अहिले बेलुकी ८ बजेबाट मत गणना कार्य सुरु हुने र मतगणना पुनर्वास नगरपालिकाको सभाहलमा हुने निर्वाचन अधिकृत गोपाल प्रसाद बास्तोलाले हाम्रै साझा पत्रिकालाई बताए ।
२०७४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्ष पदमा फैरु तामाङ विजयी भएका थिए । तर फैरु तामाङ जिल्ला समन्वय समितिका संयोजकमा नियुक्त भएपछि सो पद खाली रहदै आएको थियोे ।
सोही पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट कृष्ण बहादुर तामाङ, नेपाली कांग्रेसबाट दीप बहादुर तामाङ(डिबि), समाजवादी पार्टीबाट भीम बहादुर तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पदम शाही चुनावी प्रतिस्पर्धामा छ्न ।

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.