web analytics

पुनर्वास ३ को मतदान केन्द्र नजिकै बम भेटियो, नेपाली सेनाद्वारा निष्कृय

कञ्चनपुर, १४ मङ्सिर
पुनर्वास नगरपालिका वडानम्वर ३ स्थित मतदान केन्द्र गोरखा आधारभूत विद्यालय नजिकै दुईवटा बम भेटिएको छ । सो बमलाई सेनाको डिस्पोजल टोलिले सवा दुई बजेतिर निष्कृय पारेको छ । मतदान केन्द्र भन्दा २५० मिटर पूर्वतिर बमहरु भेटाईएको प्रत्यक्षदर्शीहरुले बताएका छ्न ।
कालो झोला भित्र तार सहितको भाँडामा राखिएको सो बमहरु डिस्पोज गर्दा दुई चोटि ठूल्ठूला आवाज आएको अस्थायी प्रहरी पोष्टका ईञ्चार्ज दान बहादुर साउँदले बताउनुभयो ।
बम डिस्पोज गर्दा आएको आवाजले मतदान केन्द्र वरपरका सर्वसाधारणमा भयको वातावरण सिर्जना गराएको भएपनी निर्वाचन भने सुचारु भईरहेको पुनर्वास नगरपालिकाका प्रवक्ता भारमल सुनारले हाम्रै साझा पत्रिकालाई बताउनुभयो ।

Sponsored Ads

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.