web analytics

पुनर्वास न.पा. वडा न. ३ काे मतगणना सम्पन्न, नेकपाका कृष्ण बहादुर तामाङ विजयी( फोटो फिचर सहित)

कञ्चनपुर, १४ मङ्सिर

Sponsored Ads

आज सम्पन्न पुनर्वास नगरपालिका वडा न. ३ काे वडाध्यक्ष पदको निर्वाचनको मतगणना कार्य अहिले भर्खर सकिएको छ । अन्तिम मत परिणाममा नेकपाका कृष्ण बहादुर तामाङ ५२८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिप बहादुर तामाङले ३१० मत ल्याउनुभएको छ । त्यसैगरी समाजवादी पार्टीका भिम बहादुर तामाङले ७५, राप्रपाका पदम शाहीले ७ मत प्राप्त गर्नुभएको छ भने बदर मत ४ रहेको छ । ११९९ मतदाता संख्या रहेको सो वडामा ९२४ जना मतदाताले मतदान गर्नुभएको थियो ।

हेर्नुस् तस्वीरहरु:-

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.