web analytics

उपचुनावको लागि मतदान गर्न खानेपानी मन्त्री बिना मगर गृह जिल्ला कञ्चनपुरमा

कञ्चनपुर, १३ मङ्सिर
आगामी मङ्सिर १४ गते हुन गईरहेको उपचुनावमा मतदान गर्न खानेपानी मन्त्री बिना मगर आफ्नो गृह जिल्ला कञ्चनपुर आईपुग्नुभएको छ । उपचुनावमा पुनर्वास नगरपालिका वडानम्बर ३ मा वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ र सो वडा मन्त्री मगरको वडा हो ।

२०७४ सालको स्थानीय तहको निर्वाचन सो वडामा वडाध्यक्ष पदमा फैरू तामाङले विजय प्राप्त गर्नुभएपनी उहाँ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नियुक्त भएपछि उक्त वडाको वडाध्यक्ष पद रिक्त रहदै आएको थियो । अहिले हुन गईरहेको उपचुनावमा उक्त पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट कृष्ण बहादुर तामाङ, नेपाली कांग्रेसबाट दीप बहादुर तामाङ(डिबि), समाजवादी पार्टीबाट भीम तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पदम शाहीले उम्मेदवारी दिनुभएको छ ।

COVID-19 Post ADS
Facebook Comments
Down to post ads-480-38

Comments are closed.