web analytics

लिभरपुलले अन्तिम सोह्रमा प्रवेश पाउन कुर्नु पर्ने

पेरिस — डिफेन्डिङ च्याम्पियन लिभरपुलले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति नेपोलीसँग १–१ को बराबरी खेल्यो । एनफिल्डमा १ अंकमा चित्त बुझाउनु परेपछि लिभरपुलले अन्तिम १६ मा प्रवेश पाउनका लागि अझै कुर्नु पर्ने भएको छ ।
नेपोलीले ड्रिस मोर्टेनेसको गोलले अग्रता लिएपछि लिभरपुलका तर्फबाट डेजन लोभरेनले बराबरी गोल फर्काए । समूह ई को अर्को खेलमा साल्सबर्गले गेन्कलाई ४–१ ले हरायो ।
समूह एफ मा बार्सिलोनाले बोर्सिया डर्टमन्डलाई ३–१ ले हरायो र अन्तिम १६ मा स्थान निश्चित गर्न सफल रह्यो । बार्सिलोनाका लागि सात सयौं खेल खेल्दै लियोनल मेसीले एक गोल पनि गरे ।
यसै समूहमा इन्टर मिलानले स्लाभिया प्रागलाई ३–१ ले पन्छायो । समूह एच मा भ्यालेन्सिया र चेल्सीले २–२ को बराबरी खेल्यो । यस नतिजाले चेल्सी पनि नकआउट चरण पुग्नका लागि कुर्न बाध्य रह्यो ।

Sponsored Ads

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.