डान्सिङ गीत “लभ स्टोरी” युट्युबमा सार्वजनिक

जिबि आग्री, काठमाडौं ।
मोडल रोबर्ट सिंह र अरुसी मगरद्वारा अभिनित डान्सिङ भिडियो युट्युबमा सार्वजनिक भएको छ। दुई दिन अघि सार्वजनिक म्युजिक भिडियो युवापुस्ताको रोजाईमा परेको छ । गीतमा स्वर गायक जितेन्द्र बिसिले दिएका छनभने शब्द रचना दिनेश बिसिले गरेका हुन ।
यस गीतका लागि एरेन्ज दिनेश निरौलाको रहेको छभने पछिल्लो समयका ट्रेन्डिङ नम्बर वान झुमा झुमा र एककान दुइकान मैदान जस्ता सफल गित बनाएका संगीतकार भिम बिसिले संगीत भरेको लभ स्टोरि गितमा र्याप हानेका छन । उदाउँदा र्यापर जगत तिरुवाले समयसंगै संगीत र गितको मिश्रण गर्न माहिर संगीतकार भिम बिसिले फरक टेस्ट पस्किएका छन । उक्त म्युजिक भिडियोको छायांकन दिपक गिरिले गरेका हुनभने सम्पादन :अमृत चापागाईं तथा कोरियो ग्राफर: निष्चल केसिले गरेका हुन । त्यस्तै, यसमा निर्देशन भने शिशिर श्रेष्ठको गरेका छन ।
बिगत लामो समय देखि नेपाली फिल्म जगतमा चिनिएको नाम हो रोबर्ट सिंह कहिले फिल्म त कहिले म्युजिक भिडियो, कहिले टेलि फिल्ममा अभिनय गर्दै आएका रोबर्ट यस पटक भिडियोमा डान्स गर्दै दर्शकको मन जित्ने कोसिसमा छ्न।झट्ट हेर्दा चक्क्लेटी हिरो जस्तो देखिने सिंह निकट भबिस्यमा फिल्म खेल्ने इच्छा ब्यक्त गर्दै।आफू अनुकुल र सुहाउँदो रोल पाएमा हिरो बन्न समेत प्रयासरत रहेको कुरा बताउछ्न ।
डान्स अभिनय र फाइट समेत गर्न सक्ने क्षमता हुदा हुँदै अवसर पर्खिरहेका रोबर्ट लाई हिरो बन्ने त्यो दिन कहिले जुर्ने हो त्यो त भबिस्यमा नै थहा होला तर हाल काठमाडौमा संघर्षरत सिंह निकट भबिस्यका उदाउदा कलाकार भने पकै पनि हुन ।
भिडियो हेर्न यस link खोल्नुहोस

Comments are closed.