web analytics

दैनिक_राशिफल, वि.सं . २०७६ मंसिर ४ गते बुधवार

वि.सं २०७६ मंसिर ४ गते बुधवार तदनुसार ई.सं २०१९ नवम्बर २० तारिख, दक्षिणायन,परिधावी नाम संवत्सर, हेमन्त ऋतु , मार्गशीर्ष कृष्णपक्ष अष्टमी बिहान ११:४२ त्यसपछि नवमी , मघानक्षत्र ऐंद्रयोग/ कौलव/तैतिलकरण , सूर्योदय ६:२८ सूर्यास्त ५:०९ चं रा ४

Sponsored Ads

#शुभलाभादि_समय 👇
बिहान ६:२७ बजेदेखि ७:४७ बजेसम्म #लाभबेला
बिहान ७:४८ बजेदेखि ९:०७बजेसम्म #अमृतबेला
बिहान ९:०८ बजेदेखि १०:२७ बजेसम्म #कालबेला
बिहान १०:२८ बजेदेखि ११:४८ बजेसम्म #शुभबेला
बिहान ११:४९ बजेदेखि दि. १:०८ बजेसम्म #रोगबेला
दिनमा १: ०९ बजेदेखि २:२८ बजेसम्म #उद्वेगबेला
दिनमा २:२९ बजेदेखि ३:४८ बजेसम्म #चरबेला
सांझ ३:४९ देखि ५:०९ बजेसम्म #लाभबेला
#अन्य_केही_समयहरु
#राहुकाल- ‌बिहान ११:४८ देखि १:०८ बजेसम्म। #अभिजितमुहुर्त- बिहान १०:२५ देखि ११:१३ बजेसम्म #यमगंडकाल- बिहान ७:४८ देखि ९:०८ बजेसम्म
#गुलिककाल- दिनमा १:०८ देखि २:२८ बजेसम्म।

#नोट- पंचांगको केन्द्रीय समयभन्दा अरु ठाँउको स्थानीय समय ५-१५ मिनट फरक हुनाले शुभलाभादि समय हेर्दा बीचको समयलाई महत्व दिनुहोला ।यदि हजुरले दैनिक रुपमा श्रीमान/श्रीमतीको अवहेलना,आमा बुवाको अपमान, अन्नको अनादर,गरीबको हाँसो उडाउने काम,परनिंदा, परस्त्री गमन,गुरु अवहेलना, इत्यादि खराब कर्महरु गर्नुहुन्छ भने त्यो कारणले पनि हजुरका राम्रा ग्रहदशा ले साथ दिदैनन।

राशिफल_जे_जस्तो_भएपनि_आशा_र_विश्वासको_साथमा_राम्रो_समयको_प्रतिक्षा_गर्नुहोला ।

#चाडपर्वव्रतादि- गोरखकाली पूजा, बुधाष्टमी।

#मेष-(चू, चे, चो ,ला,ली,लू,ले,लो,
आजको दिनमा तपाईलाई सम्पत्तिको लाभ मिल्नेछ,शिक्षामा सफलता प्राप्त हुनेछ तथा गरेको कामबाट फाईदा हुनेछ।आजको दिनमा जप्ने मंत्र ॐ नमः विघ्नेश्वराय। राशि तत्व: अग्नि, गुणवत्ता: अस्थिर रंग: गाढा रातो, दिन: मंगलवार राशि स्वामी: मंगल, स्वभाव – चंचलता, उग्र , संगत गर्ने योग्य राशि : सिंह, धनु, भाग्य अंक: 1, 9,18,27
………………………
#वृष–(इ, ऊ,ऐ,ओ,व,वि, वू,वे,वो)
आजको दिनमा पेट संबन्धित समस्या हुने,वाणिको कारणले काम बिग्रने समस्या हुन सक्छ ख्याल गर्नुहोला। आजको दिनमा जप्ने मंत्र ॐ गं गणपतये नमः ।राशितत्व: पृथ्वी,, गुणवत्ता: स्थिर , रंग: नीलो, दिन: शुक्रवार, सोमवार ,राशि स्वामी: शुक्र स्वभावः शान्त एवं एकदम उग्र। , संगत गर्ने योग्य राशि : कन्या, मकर , भाग्य अंक: 2, 4, 6, 11,
………………
#मिथुन-(का,की,कू, घ, ङ,छ, के, को,
, समयको कमी अथवा अन्य कारणले खानपीनमा समस्या आउने ।शिक्षाक्षेत्रमा सोचेजस्तो फल नमिल्ने तथा मानसिक तनाव मिल्ने। आज जप्ने मंत्र ॐ शिवाय नमः। तत्व: वायु, गुणवत्ता: द्विस्वभाव ,रंग: हरियो, दिन: बुधवार, राशि स्वामी: बुध संगत गर्ने योग्य राशि : तुला, कुंभ ,भाग्य अंक: 3, 8, 12,
….………………………
#कर्कट – (हि हु हे हो डा डि डु डे डो)
आजको दिनमा काममा सफलता मिल्ने, आयको स्रोत बढ्ने तथा शारीरिक स्फूर्ति बढ्नेछ। आज वाणिले प्रभावित पार्नेछ। आज जप्ने मंत्र ॐ कार्तिकेय नमः।कर्कट राशि , तत्व: जल, गुणवत्ता: मूल , रंग: सेतो, दिन: सोमवार, बिहिबार , राशि स्वामी: चंद्र , संगत गर्ने योग्य राशि : वृश्चिक, मीन, भाग्य अंक: 2, 7, 11,
………………………
#सिंह-(मा मि मु मे मो टा टि टु टे)
आज काममा सफलता मिल्नेछ साथै शिक्षाक्षेत्रमा पनि लाभ देखिएको छ। आज व्यापारक्षेत्रमा सफलता मिल्नेछ।। आजको दिनमा जप्ने मंत्र ॐ महालक्ष्म्यै नमः ।तत्व: अग्नि, गुणवत्ता: स्थिर, रंग: हल्का रातो, आॅरेंज दिन: रविवार राशि स्वामी: सूर्य , संगत गर्ने योग्य राशि : मेष, धनु, भाग्य अंक: 1, 4, 10, 13, 19, 22
……………………….
#कन्या-(टो पा पि पू ष ण ठ पे पो)
आजको दिनमा हजुरको नाम कमाउने दिन परेको छ साथै आर्थिक क्षेत्रमा पनि विकास हुने योग देखिएको छ।आज यात्रा फलदायी हुनेछ। आज जप्ने मंत्र ॐ हरये नमः। कन्या राशि , तत्व: पृथ्वी, गुणवत्ता: द्विस्वभाव , रंग: हरियो , दिन: बुधवार , राशि स्वामी: बुध , संगत गर्ने योग्य राशि : वृष, मकर , भाग्य अंक: 5,
……………………………….
#तुला-(रा री रु रे रो ता ती तु ते)
आजको दिनमा रोग लाग्न सक्ने संभावना बढी हुनेछ। आजको दिनमा आफन्तले नै विरोध गर्नेछन् आजको दिनमा आयमा गड़बड़ी हुने तथा काममा झ्याऊ झमेला हुनेछ। आज जप्ने मंत्र ॐ गं गणपतये नमः।तत्व: वायु, गुणवत्ता: अस्थिर , रंग: नीलो, दिन: शुक्रवार , राशि स्वामी: शुक्र, संगत गर्ने योग्य राशि : मिथुन, कुंभ , भाग्य अंक: 6
………………………..
#वृश्चिक- (तो ना नि नू ने नो या यी यू)
आजको दिनमा आर्थिक लाभ हुनेछ। पारिवारिक खुशीको खबर सुन्न मिल्नेछ। आजको दिनमा सरकारी स्तरमा सम्मान पाईनेछ। आजको दिनमा साथिभाईहरुबाट सहयोग पाईनेछ। आज जप्ने मंत्र ॐ अंअंगारकाय नमः।वृश्चिक राशि , तत्व: जल, गुणवत्ता: स्थिर , रंग: रातो, दिन: मंगलवार , राशि स्वामी: मंगल , संगत गर्ने योग्य राशि – कर्क, मीन , भाग्य अंक: 9, 18, 27, 36, 45, 54
…………………….
#धनु – ( ये यो भा भी भू ध फा ढ भे)
चोटपटकको खतरा देखिन्छ सावधानि अपनाउनु होला साथै आजको दिनमा आरोग्यता तर पढाईमा मन जानेछैन। काममा असफलता मिल्नेछ। आजको दिनमा आफन्तले नै कुरा काट्नेछ।आजको मन्दी आउनेछ। आज जप्ने मंत्र ॐ वैद्यनाथाय नमः। धनु राशि , तत्व: अग्नि, गुणवत्ता: द्विस्वभाव , रंग: पहेलो, दिन: बिहीबार , राशि स्वामी: बृहस्पति , संगत गर्ने योग्य राशि : मेष, सिंह , भाग्य अंक: 3,
……………………..
#मकर-(भो जा जी जे जू जो खा खी खू खे खो गा गी) : आजको दिनमा शारीरिक कमजोरी हुने साथै जथाभावी-खर्च हुने योग देखिएको हुनाले जथाभावी-खर्चबाट जोगिनुहोला।आज जप्ने मंत्र ॐ विघ्नविनाशाय नमः।पृथ्वी, गुणवत्ता: अस्थिर रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनि संगत गर्ने योग्य राशि : वृष, कन्या, भाग्य अंक: 1, 4, 8,
……………………..
#कुम्भ – (गू गे गो सा सी सू से सो द)
आजको दिनमा आफ्नो मान्छेसंग विवाद पर्ने योग देखिएको हुनाले आज बोल्दाखरी अलि सोचेर बोल्नुहोला। आज जप्ने मंत्र ॐ हरये नमः। तत्व: वायु, , गुणवत्ता: स्थिर, रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनिवार संगत गर्ने योग्य राशि : मिथुन, तुला, भाग्य अंक: 4, 8, 13, 17, 22, 26
…………………….
#मीन -(दी दू थ झ ञ दे दो चा ची)
आज काममा सफलता मिल्नेछ साथै शिक्षाक्षेत्रमा पनि लाभ देखिएको छ। आज व्यापारक्षेत्रमा सफलता मिल्नेछ। आज जप्ने मंत्र ॐ वामनाय नमः ।तत्व: जल, , गुणवत्ता: द्विस्वभाव रंग: पहेलो , दिन: गुरुवार, राशि स्वामी: गुरु संगत गर्ने योग्य राशि : कर्क, वृश्चिक भाग्य अंक: 3,
…………………

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.