web analytics

आफ्नो पार्टीको उम्मेदवार जिताउन नेपाली काङ्ग्रेस नेतृ आरजु राणा पुनर्वासमा

कञ्चनपुर, ४ मङ्सिर
आगामी मङ्सिर १४ गते हुन गईरहेको उपचुनावमा आफ्नो पार्टीलाई जिताउन कांग्रेस नेतृ आरजु राणा हिजो पुनर्वासमा आउनुभएको थियो ।
उपचुनावको मिति नजिकिदै जाँदा जनमत बनाउने क्रममा सुदुरपश्चिम कार्यकर्ताहरुसंगको भेटघाटको क्रममा नेतृ राणा आउनुभएको हो ।
आईबिआरडीमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ आरजु राणाले क्याबिनेट मन्त्रीले आफनै वडामा समेत विकास गर्न नसकेको बताउनुभयो ।
विशिष्ट अतिथिको आसनमा रहनुभएका पूर्व सभासद दिवानसिंह बिष्टले काङ्ग्रेस पार्टी कुरा भन्दा काम गरेर देखाउने पार्टी भएको बताउनुभयो । उहाँले कांग्रेसले समाबेशीलाई व्यवहारमै उतारेको जिकिर गर्नुहुँदै समाबेशीको नाउँमा कम्युनिस्टले जनतालाई झुक्याएको आरोप लगाउनुभयो ।
नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते हुन गईरहेको उपचुनावमा पुनर्वासको वडानम्बर ३ को वडाध्यक्षको उम्मेदवारको रुपमा दिप बहादुर तामाङ(डिबि लामा)लाई खडा गरेको छ ।
कार्यकर्ता भेटघाटकै क्रममा केही दिन अघि कांग्रेस सभापति शेर बहादुर देउवा पनि पुनर्वास आउनुभएको थियो ।

Sponsored Ads

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.