web analytics

पुनर्वासमा तीन बर्षिय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा एक किशोर पक्राउ

कञ्चनपुर, ३ मङ्सिर
पुनर्वास नगरपालिका वडानम्बर ९ सीता बस्ती (ख गाउँ)मा तीन बर्षिय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा एक किशोर पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही ठाउँमा बस्ने १७ बर्षिय राहुल पौडेल रहेका छन ।
आरोपी पौडेलले हिजो मंसिर २ गते विहान १०.३० बजेतिर सो घटना घटाएका हुन । आफ्नो नाति गणेश पनेरुलाई घरमा कोहि नभएको मौका छोपी छिमेकीको आँगनमा खेलिरहेका अवस्थामा आफ्नो घरभित्र लगी अप्राकृतिक मैथुन गरेको पीडितका हजुरआमाले बताएका छ्न ।
“हिजो ठूली नातिनी ज्वरो आएकाले स्कुल नगई घरै बसेकी थिई । नाति छिमेकी प्रेम बिष्टको आँगनमा खेल्दै थियो । खै कतिबेला थाहै भएन, पल्लो घरको छिमेकी राहुलले नातिलाई बोकेर आफ्नो घरभित्र लगिसकेछ । बच्चा जोडले चिच्याएर रुन थालेपछि नातिनीले सुनिछे । मेरो भाईलाई के गरेको ? ढोका छिटो खोल भन्दा ढोका खोल्नै मानेन । कोठा भित्र बच्चा रुँदै थियो । ढोका भित्रबाट बन्द थियो । ढोकामा जोडजोडले हानेपछी मात्र बल्लतल्ल ढोका खोल्यो । म पनि त्यही पुगे । केटाले मेरो नातिलाई समातेर बसिरहेको रहेछ । बालकलाई नातिनीको हातमा दिएर हतार हतार आफ्नो पूजाकोठा तिर गयो । के गरेको मेरो नातिलाई भनेर सोधेँ । उसले जिस्काउँदा झस्केर रोएको भन्यो । मलद्वारबाट रगत आईरहेको थियो । हतार हतार बुहारीलाई बोलाएर स्वास्थ्य चौकी पठाएँ । डाक्टरहरुले उपचार गर्न मानेनन् । प्रहरीमा खबर गर्न भने ।”
पीडित बालकका हजुर आमा देवीमाया पनेरुले बताए ।

Sponsored Ads

“बालकको मलद्वार सुन्नीएको छ । अहिले सेती अञ्चल अस्पताल धनगढीमा भर्ना गरी उपचार भईरहेको छ र आरोपीलाई महेन्द्रनगर पठाईसकिएको छ ।” ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका ईञ्चार्ज वकिल बहादुर सिंहले हाम्रै साझा पत्रिकालाई बताउनुभयो ।

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.