web analytics

दैनिक_राशिफल, वि.सं . २०७६ मंसिर ३ गते मंगलवार

वि.सं २०७६ मंसिर ३ गते मंगलवार तदनुसार ई.सं २०१९ नवम्बर १९ तारिख, दक्षिणायन,परिधावी नाम संवत्सर, शरद ऋतु , मार्गशीर्ष कृष्णपक्ष सप्तमी , अश्लेषानक्षत्र ब्रह्मयोग/ बव/बाललकरण , सूर्योदय ६:२८ सूर्यास्त ५:०९ चं रा ४

 

Sponsored Ads

#शुभलाभादि_समय 👇

बिहान ६:२७ बजेदेखि ७:४७ बजेसम्म #रोगबेला

बिहान ७:४८ बजेदेखि ९:०७बजेसम्म #उद्वेगबेला

बिहान ९:०८ बजेदेखि १०:२७ बजेसम्म #चरबेला

बिहान १०:२८ बजेदेखि ११:४८ बजेसम्म #लाभबेला

बिहान ११:४९ बजेदेखि दि. १:०८ बजेसम्म #अमृतबेला

दिनमा १: ०९ बजेदेखि २:२८ बजेसम्म #कालबेला

दिनमा २:२९ बजेदेखि ३:४८ बजेसम्म #शुभबेला

सांझ ३:४९ देखि ५:०९ बजेसम्म #रोगबेला

#अन्य_केही_समयहरु

#राहुकाल- दिनमा २:२८ देखि ३:४८ बजेसम्म। #अभिजितमुहुर्त- बिहान १०:२६ देखि ११:१४ बजेसम्म #यमगंडकाल- दिनमा २:२८ देखि ३:४८ बजेसम्म

#गुलिककाल- बिहान १०:२८ देखि ११:४८ बजेसम्म।

 

#नोट- पंचांगको केन्द्रीय समयभन्दा अरु ठाँउको स्थानीय समय ५-१५ मिनट फरक हुनाले शुभलाभादि समय हेर्दा बीचको समयलाई महत्व दिनुहोला ।यदि हजुरले दैनिक रुपमा श्रीमान/श्रीमतीको अवहेलना,आमा बुवाको अपमान, अन्नको अनादर,गरीबको हाँसो उडाउने काम,परनिंदा, परस्त्री गमन,गुरु अवहेलना, इत्यादि खराब कर्महरु गर्नुहुन्छ भने त्यो कारणले पनि हजुरका राम्रा ग्रहदशा ले साथ दिदैनन।

#राशिफल_जे_जस्तो_भएपनि_आशा_र_विश्वासको_साथमा_राम्रो_समयमाको_प्रतिक्षा_गर्नुहोला

लेखकको YouTube 👇channel ▶️

https://www.youtube.com/channel/UCsNSIsguBaf9M51EUgkUZzg

 

मेष-(चू, चे, चो ,ला,ली,लू,ले,लो,अ)

आजको दिनमा हजुरलाई पारिवारिक सहयोग छैन पारिवारिक सहयोगको आश न गर्नुहोला।आजको दिनमा काममा झ्याऊ झमेला विघ्नबाधा तथा आज सोचेको काममा बाधा आउनेछ। आज जप्ने मंत्र ॐ गं गणपतये नमः।

#मेषराशिलाई_सदैव- राशि तत्व: अग्नि, गुणवत्ता: अस्थिर रंग: गाढा रातो, दिन: मंगलवार राशि स्वामी: मंगल, स्वभाव – चंचलता, उग्र , संगत गर्ने योग्य राशि : सिंह, धनु, भाग्य अंक: 1, 9,18,27

………………………

#वृष–(इ, ऊ,ऐ,ओ,व,वि, वू,वे,वो)

आजको दिनमा हजुरको स्वास्थ्य राम्रो हुने तथा प्रसन्नसबै प्रकारको कामबाट लाभ हुनेछ। आजको दिनमा सामाजिक तथा पारिवारिक लाभ हुने देखिएको छ। आजको दिनमा धार्मिक तथा सामाजिक काममा मन जानेछ। । आज जप्ने मंत्र ॐ हरये नमः।

#वृषराशिलाई_सदैव- राशितत्व: पृथ्वी,, गुणवत्ता: स्थिर , रंग: नीलो, दिन: शुक्रवार, सोमवार ,राशि स्वामी: शुक्र स्वभावः शान्त एवं एकदम उग्र। , संगत गर्ने योग्य राशि : कन्या, मकर , भाग्य अंक: 2, 4, 6, 11,

………………

#मिथुन-(का,की,कू, घ, ङ,छ, के, को, ह)

आजको दिनमा हजुरको मन एताउता भाग्नेछ तनाव मिल्ने तदा आँखामा कष्ट हुनेछ। आजको दिनमा जथाभावी खर्च हुने तथा आजको दिनमा विरोधी बढ्नेछन्। आजको दिनमा सहयोगीको असहयोग पाईने र सामाजिक रुपमा अपजस पाउने योग बनेको छ। । आज जप्ने मंत्र ॐ रवये नमः।

#मिथुनराशिलाई_सदैव- तत्व: वायु, गुणवत्ता: द्विस्वभाव ,रंग: हरियो, दिन: बुधवार, राशि स्वामी: बुध संगत गर्ने योग्य राशि : तुला, कुंभ ,भाग्य अंक: 3, 8, 12,

….………………………

#कर्कट – (हि हु हे हो डा डि डु डे डो)

आजको दिनमा आरोग्यता प्रसन्नता सम्मान पाईने तथा पारिवारिक सहयोग पाउने योग बनेको छ। आजको दिनमा वैवाहिक राम्रो हुनाको साथै यात्रा फलदायी हुनेछ। आजको दिनमा आर्थिक स्थिति राम्रो हुनेछ। आजको दिनमा जप्ने मंत्र ॐ नीलकंठाय नमः।कर्कट राशि

#कर्कराशिलाई_सदैव-, तत्व: जल, गुणवत्ता: मूल , रंग: सेतो, दिन: सोमवार, बिहिबार , राशि स्वामी: चंद्र , संगत गर्ने योग्य राशि : वृश्चिक, मीन, भाग्य अंक: 2, 7, 11, 16, 20, 25

………………………

#सिंह-(मा मि मु मे मो टा टि टु टे)

आजको दिनमा हजुरको मन विचलित मानसिक हुनेछ। आजको दिनमा हजुलाई काममा झ्याऊ झमेला हुने तथा आर्थिक स्थिति कमजोर हुने योग परेको छ। आज कुनैपनि नयाँ कामको शुरुवात नगर्नुहोला। आज जप्ने मंत्र ॐ लक्ष्मीनारायणाय नमः

#सिंहराशिलाई_सदैव-तत्व: अग्नि, गुणवत्ता: स्थिर, रंग: हल्का रातो, आॅरेंज दिन: रविवार राशि स्वामी: सूर्य , संगत गर्ने योग्य राशि : मेष, धनु, भाग्य अंक: 1, 4, 10, 13, 19, 22

……………………….

#कन्या-(टो पा पि पू ष ण ठ पे पो)

आजको दिनमा हजुरको काममा सफलता मिल्नेछ आज हजुरको घरमा लक्ष्मीदेवीको कृपा हुनेछ र आजको दिनमा जताबाट पनि खुशीको खबर सुन्ने योग बनेको छ आजको दिनमा हजुरलाई सरकारी स्तरमा फाईदा मिल्नेछ आजको दिनमा साथीहरुबाट पनि सहयोग पाईनेछ । आज जप्ने मंत्र ॐ हनुमते नमः।

#कन्या_राशिलाई_सदैव- तत्व: पृथ्वी, गुणवत्ता: द्विस्वभाव , रंग: हरियो , दिन: बुधवार , राशि स्वामी: बुध , संगत गर्ने योग्य राशि : वृष, मकर , भाग्य अंक: 5, 14, 23,

……………………………….

#तुला-(रा री रु रे रो ता ती तु ते)

आजको दिनमा हजुरलाई आरोग्यता हुने तर काममा झ्याऊ झमेला हुनेछ आजको दिनमा सोचेको काममा विघ्नबाधा तथा आफन्तले नै कुरा काट्नेछन्। आजको दिनमा मा व्यापार व्यवसायमा घाटा हुनेछ। आज हजुरलाई पारिवारिक सुख मिल्नेछ। आज जप्ने मंत्र ॐ नमो भगवते वासुदेवाय।

#तुलाराशिलाई_सदैव-तत्व: वायु, गुणवत्ता: अस्थिर , रंग: नीलो, दिन: शुक्रवार , राशि स्वामी: शुक्र, संगत गर्ने योग्य राशि : मिथुन, कुंभ , भाग्य अंक: 6,15,24,42

………………………..

#वृश्चिक- (तो ना नि नू ने नो या यी यू)

आजको दिनमा हजुरको काममा झ्याऊ झमेला तथा कामको बोझले शारीरिक एवं मानसिक थकान लाग्नेछ कुनै रोग लाग्ने तथा कुनै व्यक्तिसंग विवाद पर्ने सम्भावना छ। आजको दिनमा चोट पटक लाग्ने हुनाले सडकतिर वाहन चलाउदा ध्यान राख्नुहोला। आजको दिनमा नयाँ कामको शुरुवात नगर्नुहोला । । आज जप्ने मंत्र ॐ वैद्यनाथाय नमः।

#वृश्चिक_राशिलाई_सदैव- , तत्व: जल, गुणवत्ता: स्थिर , रंग: रातो, दिन: मंगलवार , राशि स्वामी: मंगल , संगत गर्ने योग्य राशि – कर्क, मीन , भाग्य अंक: 9, 18, 27, 36, 45, 54, 63, 72, 81, 90

…………………….

#धनु – ( ये यो भा भी भू ध फा ढ भे)

आजको दिनमा हजुरलाई मानसिक रुपमा परेशानी तथा काममा विघ्नबाधा आउनेछ। सामाजिक स्तरमा काम नबन्ने तथा सानो मान्छेसंग झगड़ा पर्ने योग बनेको छ आजको दिनमा व्यवसायमा घाटा हुने तथा यात्रामा कष्ट मिल्ने योग बनेको छ। आज जप्ने मंत्र ॐ सोमेश्वराय नमः।

#धनुराशिलाई_सदैव – , तत्व: अग्नि, गुणवत्ता: द्विस्वभाव , रंग: पहेलो, दिन: बिहीबार , राशि स्वामी: बृहस्पति , संगत गर्ने योग्य राशि : मेष, सिंह , भाग्य अंक: 3, 12, 21, 30

……………………..

#मकर-(भो जा जी जे जू जो खा खी खू खे खो गा गी)

आजको दिनमा धन आउने तथा मानसिक शान्ति मिल्ने योग बनेको छ साथै आज पारिवारिक सहयोग पनि पाईने छ। आजको दिनमा राजनीतिक क्षेत्रबाट फाईदा हुनेछ।। आज जप्ने मंत्र ॐ हरये नमः।

#मकरराशिलाई_सदैव -राशितत्व: पृथ्वी, गुणवत्ता: अस्थिर रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनि संगत गर्ने योग्य राशि : वृष, कन्या, भाग्य अंक: 1, 4, 8, 10, 13, 17, 19, 22, 26

……………………..

#कुम्भ – (गू गे गो सा सी सू से सो द)

आजको दिनमा आर्थिक स्थिति तथा स्वास्थ्य राम्रो हुनेछ। आजको दिनमा माजमा प्रतिष्ठा बढ्ने घरमा नयाँ चहल-पहल हुनाको साथै आफन्तको सहयोगले असम्भव काम पुरा हुनेछ। आजको दिनमा राम्रो फल हुनेछ। आज जप्ने मंत्र ॐ कार्तिकेय नमः।

#कुम्भराशिलाई_सदैव -तत्व: वायु, , गुणवत्ता: स्थिर, रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनिवार संगत गर्ने योग्य राशि : मिथुन, तुला, भाग्य अंक: 4, 8, 13, 17, 22, 26

…………………….

#मीन -(दी दू थ झ ञ दे दो चा ची)

आजको दिनमा हजुरको मन काममा जानेछैन साथै काममा विघ्न बाधा आउनेछन् । आजको दिनमा सामाजिक अशान्ति तथा यात्रामा कष्ट हुनेछ आजको दिनमा कुनै नयाँ कामको शुरु नगर्नुहोला। आज जप्ने मंत्र ॐ वक्रतुण्डाय नमः

#मीनराशिको_लागि_सदैव – तत्व: जल, , गुणवत्ता: द्विस्वभाव रंग: पहेलो , दिन: गुरुवार, राशि स्वामी: गुरु संगत गर्ने योग्य राशि : कर्क, वृश्चिक भाग्य अंक: 3, 7, 12, 16, 21, 25, 30, 34,

…………………

 

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.