web analytics

उप चुनावको पुर्व सन्ध्यामा नेपाली कांग्रेसकाका क्षेत्रीय कोषाध्यक्ष नेकपामा प्रवेश

कार्तिक ३, बेलौरी

कंचनपुरको क्षेत्र नम्बर १ काङ्ग्रेसका क्षेत्रीय कोषाध्यक्ष तथा बेलौरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष टेकबहादुर साँउद नेकपा प्रवेश गरेका छन ।
आज धनगढीमा भएको एक कार्यक्रमका बिच नेपाली काङ्ग्रेसको कार्यशैली ठिक नभएको भन्दै काङ्ग्रेस नेता साउदले नेकपा प्रवेश गरेका हुन । देशलाई समृद्धिको बाटोमा लैजानको बिकल्प नभएको भन्दै त्यो नेपाली काङ्ग्रेसबाट सम्भव नहुने भएकाले आफू नेकपा प्रवेश गरेको नेता साउद ले बताएका छन । नेकपाले गरेको कार्यबाट आफू प्रभावित भएको बताउदै उहाँले जनताको पक्षमा काम गर्ने पार्टिमा आफुले प्रबेश गरेको बताउनु भयो । प्रतिपक्षको पनि भुमिका निर्बाह गर्न नसक्ने काङ्ग्रेस को कामप्रती घृणा जागेको बताउदै ,अब नेकपा बाहेक अरु कुनै पनि पार्टिलाई जनताले नचाहने बताउनु भयो।

COVID-19 Post ADS

एक बिशेष कार्यक्रमका बिच नेकपाका नेता स्थाई कमिटी सदस्य लेखराज भट्ट, सूप प्रदेश कमिटी सह इन्चार्ज लक्ष्मण दत्त जोशी, मुख्य मन्त्री त्रीलोचन भट्ट, कंचनपुर जिल्ला कमिटी अध्यक्ष वीर बहादुर थापा, सचीव तारा लामा तामाङ, जिल्ला सदस्य पल्लवराज भट्ट लगायतका नेताले काङ्ग्रेस नेता तथा क्षेत्रीय कोषाध्यक्ष साँउदलाई टीका लगाएर नेकपामा प्रबेश गराएका थिए ।

उप चुनावको संघारमै कंचनपुरको दक्षिणि क्षेत्रका काङ्ग्रेसका प्रभावशाली नेता तथा बेलौरीका प्रतिष्ठात ब्यापारी नै नेकपा प्रवेश गरेपछि भने कांग्रेसलाई ठूलो क्षति हुने अनुमान गरिएको छ । नेता साउद को नेकपा प्रबेशले पुनर्वास भैरहेको चुनावलाई समेत प्रभावित पार्ने बिश्लेषक हरुको दाबी छ ।

उता नेकपा जिल्ला अध्यक्ष एव नेकपा युवा नेता वीर बहादुर थापाले सामाजिक संजाल मार्फत पार्टी प्रवेशको फोटो शेयर गर्दै साउदलाई पार्टिमा स्वागत गरेका छन । र एक कुराकानी बिच उनले काङ्ग्रेसमा अब पहिरो जाने संकेत पनि गरेका छन । पार्टिको जिल्ला नेतृत्व समहाले लगतै पार्टिको एकता टुङ्याउदै पार्टिलाई मजबुत र सुदृढ पार्दै लिन दौड धुप गरिरहेका थापाले आफुलाई अब्बल समेत सबित गरिरहेका छन ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.