web analytics

दैनिक_राशिफल, वि.सं . २०७६ मंसिर २ गते सोमवार

वि.सं २०७६ मंसिर २ गते सोमवार तदनुसार ई.सं २०१९ नवम्बर १८ तारिख, दक्षिणायन,परिधावी नाम संवत्सर, शरद ऋतु , मार्गशीर्ष कृष्णपक्ष षष्ठी , तिष्यनक्षत्र शुक्लयोग/ वणिज/भद्राकरण , सूर्योदय ६:२७ सूर्यास्त ५:०९ चं रा ४

Sponsored Ads

#शुभलाभादि_समय 👇
बिहान ६:२७ बजेदेखि ७:४७ बजेसम्म #अमृतबेला
बिहान ७:४८ बजेदेखि ९:०७बजेसम्म #कालबेला
बिहान ९:०८ बजेदेखि १०:२७ बजेसम्म #शुभबेला
बिहान १०:२८ बजेदेखि ११:४८ बजेसम्म #रोगबेला
बिहान ११:४९ बजेदेखि दि. १:०८ बजेसम्म #उद्वेगबेला
दिनमा १: ०९ बजेदेखि २:२८ बजेसम्म #चरबेला
दिनमा २:२९ बजेदेखि ३:४८ बजेसम्म #लाभबेला
सांझ ३:४९ देखि ५:०९ बजेसम्म #अमृतबेला
#अन्य_केही_समयहरु
#राहुकाल- बिहान ७:४८ देखि ९:०८ बजेसम्म। #अभिजितमुहुर्त- बिहान १०:२७ देखि ११:१५ बजेसम्म #यमगंडकाल- दिनमा १:०८ देखि २:४८ बजेसम्म
#गुलिककाल- बिहान ११:४८ देखि दिन १:०८ बजेसम्म।

#नोट- पंचांगको केन्द्रीय समयभन्दा अरु ठाँउको स्थानीय समय ५-१५ मिनट फरक हुनाले शुभलाभादि समय हेर्दा बीचको समयलाई महत्व दिनुहोला ।यदि हजुरले दैनिक रुपमा श्रीमान/श्रीमतीको अवहेलना,आमा बुवाको अपमान, अन्नको अनादर,गरीबको हाँसो उडाउने काम,परनिंदा, परस्त्री गमन,गुरु अवहेलना, इत्यादि खराब कर्महरु गर्नुहुन्छ भने त्यो कारणले पनि हजुरका राम्रा ग्रहदशा ले साथ दिदैनन।

राशिफल_जे_जस्तो_भएपनि_आशा_र_विश्वासको_साथमा_राम्रो_समयमाको_प्रतिक्षा_गर्नुहोला ।

#मेष-(चू, चे, चो ,ला,ली,लू,ले,लो,अ)
आज काममा जस पाउने योग खासै देखिएको छैन साथै आज आफन्तसंग विवादबाट बचेको राम्रो हुनेछ।अध्ययन अध्यापन तिर बढी समय दिनुहोला।आज जप्ने मंत्र ॐ विघ्नहर्ताय नमः।#मेषराशिलाई_सदैव- राशि तत्व: अग्नि, गुणवत्ता: अस्थिर रंग: गाढा रातो, दिन: मंगलवार राशि स्वामी: मंगल, स्वभाव – चंचलता, उग्र , संगत गर्ने योग्य राशि : सिंह, धनु, भाग्य अंक: 1, 9,18,27
………………………
#वृष–(इ, ऊ,ऐ,ओ,व,वि, वू,वे,वो)
आजको दिनमा हजुरलाई आरोग्यता प्रसन्नता गरेको कामबाट फाईदा मिल्ने योग देखिएको छ। आज यात्रा फलदायी हुनेछ। चिनामा शनि कमजोर भएको व्यक्तिलाई अढैयाको प्रभावले काममा ढीलापन ल्याउनेछ। आज जप्ने मंत्र ॐ शुं शुक्राय नमः।
#वृषराशिलाई_सदैव- राशितत्व: पृथ्वी,, गुणवत्ता: स्थिर , रंग: नीलो, दिन: शुक्रवार, सोमवार ,राशि स्वामी: शुक्र स्वभावः शान्त एवं एकदम उग्र। , संगत गर्ने योग्य राशि : कन्या, मकर , भाग्य अंक: 2, 4, 6, 11,
………………
#मिथुन-(का,की,कू, घ, ङ,छ, के, को, ह)
आजको दिनमा काममा वृद्धि र थकान बढ्नेछ ।
नयाँ साथीहरुसंगको भेटघाट हुने देखिएको छ। आज नयाँ काममा लगानी गर्नबाट जोगिनुहोला। आज जप्ने मंत्र ॐ पशुपतये नमः।#मिथुनराशिलाई_सदैव- तत्व: वायु, गुणवत्ता: द्विस्वभाव ,रंग: हरियो, दिन: बुधवार, राशि स्वामी: बुध संगत गर्ने योग्य राशि : तुला, कुंभ ,भाग्य अंक: 3, 8, 12,
….………………………
#कर्कट – (हि हु हे हो डा डि डु डे डो)
आजको दिनमा शारीरिक रुपमा स्वस्थ्यमा रहने तथ प्रसन्नता को योग बनेको छ। आज आम्दानीको श्रोत बढ्ने देखिएको छ। आजको दिनमा जप्ने मंत्र ॐ चन्द्रमसे नमः।कर्कट राशि
#कर्कराशिलाई_सदैव-, तत्व: जल, गुणवत्ता: मूल , रंग: सेतो, दिन: सोमवार, बिहिबार , राशि स्वामी: चंद्र , संगत गर्ने योग्य राशि : वृश्चिक, मीन, भाग्य अंक: 2, 7, 11, 16, 20, 25
………………………
#सिंह-(मा मि मु मे मो टा टि टु टे)
आजको दिनमा काममा झ्याऊ झमेला हुनेछ साथै जथाभावी-खर्च हुने योग परेको हुनाले आज किनमेल तिर नलाग्नुहोला। आज जप्ने मंत्र ॐ घृणी सूर्याय नमः
#सिंहराशिलाई_सदैव-तत्व: अग्नि, गुणवत्ता: स्थिर, रंग: हल्का रातो, आॅरेंज दिन: रविवार राशि स्वामी: सूर्य , संगत गर्ने योग्य राशि : मेष, धनु, भाग्य अंक: 1, 4, 10, 13, 19, 22
……………………….
#कन्या-(टो पा पि पू ष ण ठ पे पो)
आजको दिनमा विद्यामा लाभ मिल्नेछ, प्रेम प्रसंग सुमधुर रहने छ तर चिनामा शनि खराब हुने व्यक्तिको अढैया शनिको कारण काममा रुकावट आउनेछ। आज जप्ने मंत्र ॐ बुं बुधाय नमः।
#कन्या_राशिलाई_सदैव- तत्व: पृथ्वी, गुणवत्ता: द्विस्वभाव , रंग: हरियो , दिन: बुधवार , राशि स्वामी: बुध , संगत गर्ने योग्य राशि : वृष, मकर , भाग्य अंक: 5, 14, 23,
……………………………….
#तुला-(रा री रु रे रो ता ती तु ते)
आजको दिनमा सफलताको लागि मेहनत बढी गर्न पर्ने देखिएको छ साथै सानो तिनो रोगले छुने संभावनापनि देखिएको छ। आज जप्ने मंत्र ॐ भुवनेश्वराय नमः।
#तुलाराशिलाई_सदैव-तत्व: वायु, गुणवत्ता: अस्थिर , रंग: नीलो, दिन: शुक्रवार , राशि स्वामी: शुक्र, संगत गर्ने योग्य राशि : मिथुन, कुंभ , भाग्य अंक: 6,15,24,42
………………………..
#वृश्चिक- (तो ना नि नू ने नो या यी यू)
आजको दिन आफुभन्दा अन्य व्यक्तिलाई समझाउने कोशिशमा नलागेको नै ठिक।पारिवारिक जीवनमा हलचल आउने देखिएको छ। आज जप्ने मंत्र ॐ महालक्ष्म्यै नमः।
#वृश्चिक_राशिलाई_सदैव- , तत्व: जल, गुणवत्ता: स्थिर , रंग: रातो, दिन: मंगलवार , राशि स्वामी: मंगल , संगत गर्ने योग्य राशि – कर्क, मीन , भाग्य अंक: 9, 18, 27, 36, 45, 54, 63, 72, 81, 90
…………………….
#धनु – ( ये यो भा भी भू ध फा ढ भे)
आजको दिनमा हजुरलाई अरुबाट खासै सहयोग प्राप्त हुने योग देखिएको छैन। आज आर्थिक क्षेत्र सुधरिने आशा देखिदैन। आज जप्ने मंत्र ॐ बृं बृहस्पतये नमः।
#धनुराशिलाई_सदैव – , तत्व: अग्नि, गुणवत्ता: द्विस्वभाव , रंग: पहेलो, दिन: बिहीबार , राशि स्वामी: बृहस्पति , संगत गर्ने योग्य राशि : मेष, सिंह , भाग्य अंक: 3, 12, 21, 30
……………………..
#मकर-(भो जा जी जे जू जो खा खी खू खे खो गा गी)
आजको दिनमा सरकारी गतिविधिबाट फाईदा देखिनुका साथै उच्च स्तरीय सेवाको अवसर पाउने योग पनि देखिएको छ। आज जप्ने मंत्र ॐ शं शनैश्चराय नमः।#मकरराशिलाई_सदैव -राशितत्व: पृथ्वी, गुणवत्ता: अस्थिर रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनि संगत गर्ने योग्य राशि : वृष, कन्या, भाग्य अंक: 1, 4, 8, 10, 13, 17, 19, 22, 26
……………………..
#कुम्भ – (गू गे गो सा सी सू से सो द)
आजको दिनमा आफन्तको भेटघाट घरमा नयाँ चहल पहल हुनेछ साथै धनलाभको योग पनि देखिएको छ। नयाँ काम शुरु गर्दा फाईदा हुनेछ। आज जप्ने मंत्र ॐ रामेश्वराय नमः।#कुम्भराशिलाई_सदैव -तत्व: वायु, , गुणवत्ता: स्थिर, रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनिवार संगत गर्ने योग्य राशि : मिथुन, तुला, भाग्य अंक: 4, 8, 13, 17, 22, 26
…………………….
#मीन -(दी दू थ झ ञ दे दो चा ची)
आजको दिनमा मानसिक तनाव मिल्ने साथै प्रेममा धोखा मिल्न सक्ने संभावना बढी देखिएको छ। पारिवारिक सहयोगको आशा देखिन्छ, । आज जप्ने मंत्र ॐ गं गणपतये नमः#मीनराशिको_लागि_सदैव – तत्व: जल, , गुणवत्ता: द्विस्वभाव रंग: पहेलो , दिन: गुरुवार, राशि स्वामी: गुरु संगत गर्ने योग्य राशि : कर्क, वृश्चिक भाग्य अंक: 3, 7, 12, 16, 21, 25, 30, 34,
…………………

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.