web analytics

नेपाली काङ्ग्रेस सभापति देउवाद्वारा बेलौरीको कालिका मन्दिर अवलोकन

कञ्चनपुर ,मङ्सिर १
हिजो नेपाली काँग्रेसका पार्टी सभापति एवम् पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले बेलौरीमा रहेको कालिका मन्दिरको अवलोकन गर्नुभएको छ ।
उप-निर्वाचनलाई लक्षित गर्दै शनिवार बेलौरी पुगेका पार्टी सभापति देउवाले बेलौरी बजारको मुटुमा अवस्थित निर्माणधीन अवस्थामा रहेको प्राचिन कालिका मन्दिरको अवलोकन गर्नुभएको हो ।
कार्यकर्ता भेटघाटका क्रममा महेन्द्रनगर, बेलडाँडी, हुदै बेलौरी पुगेका सभापति देउवाले मन्दिर निर्माणका लागि आवश्यक सहयोग गर्ने बताएका छन् ।
साथै उहाँले यही मंसिर १४ गते हुने उप निर्वाचनमा पुर्नवास नगरपालिका ३ मा वडाध्यक्ष पदक लागि काँग्रेस उम्मेद्वार जिताउने अभियानमा जुट्न आब्हान गरेका छन् ।
नेपाली काँग्रेसका जिल्ला सदस्य एवम् मन्दिर निर्माण समितिका संयोजक प्रकाश राज पन्तले पार्टी सभापति देउवाले कालिका मन्दिरको अवलोकन गर्नुभएकोमा आभार व्यक्त गर्नुभयो ।
माननीय संविधान सभा सदस्य दिवान सिह विष्टले आफ्नो आग्रहमा सभापति देउवाले मन्दिरको निमन्त्रणा स्विकार्दै  दैजी, बेलडाँडी देखि डोकेबजार सम्मको निर्माणाधिन हुलाकीमार्ग अवलोकन गर्नुका साथै दक्षिणी क्षेत्रका पार्टी कार्यकर्तासंग भेटघाट गरेको बताउनुभयो ।
सुदुर सञ्चारबाट ।

Sponsored Ads

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.