web analytics

खानेपानी मन्त्री बिना मगरद्वारा पुनर्वासको लोकतान्त्रिक मार्ग अनुगमन

कञ्चनपुर, मङ्सिर १
खानेपानी मन्त्री बिना मगरले पुनर्वासमा रहेको लोकतान्त्रिक मार्गको अनुगमन गर्नुभएको छ । यो कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा पर्ने वडानम्बर ७, ८ र ९ लाई प्रदेश राजधानी धनगढीसंग जोडने सबैभन्दा पायक पर्ने छोटो बाटो हो ।
सो अवसरमा पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापा, बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरी, लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायक, सडक डिभिजनका ईञ्जीनियर अर्जुन बहादुर बम लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।
दोदा पूल देखि पुनर्वासको वडानम्बर ७ सम्म करीब चार किलोमिटर लम्बाइ रहेको सो बाटो हाल साँघुरो र कच्ची अवस्थामा रहेको छ । २०६३ सालमा तत्कालीन समाजसेवी रामचन्द्र नेपालले संयोजन गरि जनश्रमदान जुटाई वर्तमान अवस्थामा ल्याउनुभएको हो ।
अनुगमनको क्रममा मन्त्री मगरले विकासको लागि आफू प्रतिवद्ध रहेको बताउनुभयो । लोकतान्त्रिक मार्गको निकट भविष्यमै डिपिआर तयार गरि यसलाई स्तरन्नोती र कालोपत्रे गरीने उहाँको भनाई थियो । दोदा पूल साँघुरो भएकाले यसको छेउमा अर्को पूल निर्माण गर्न आफुले पहल गरीरहेको र यसको लागि हुलाकी मार्ग आयोजना र भौतिक मन्त्रालयसंग कुरा भईसकेको समेत मन्त्री मगरले जानकारी गराउनुभयो ।
सडक डिभिजनका ईञ्जिनियर अर्जुन कुमार बमले पुनर्वास नगरपालिकाले यस मार्गको लागि डिपिआर तयार गरेको भएपनी त्यो वर्तमानमा काम नलाग्ने भएकाले अर्को डिपिआर तयार पार्नुपर्ने बताउनुभयो ।
“हामी अर्को डिपिआर निर्माण गर्ने छौ । बाटो साँघुरो छ, नगरपालिकाले जग्गाधनीहरु समन्वय गर्न जरुरी छ । “ईञ्जीनियर बमले बताउनुभयो ।
मन्त्री मगर आफ्नो निर्वाचन क्षेत्रमा भेटघाट र भ्रमणपछि आजै काठमाडौ फर्किसक्नुभएको छ ।

Facebook Comments
COVID-19 Post ADS
Down to post ads-480-38

Comments are closed.