web analytics

बेलौरी २ टेडुवा प्रहरी चौकी भवनको सिलन्यास कार्य सम्पन्न

कञ्चनपुर, २८ कार्तिक
सुरक्षाको दृष्टिकोणले अति संवेदनशील भारतीय सिमावर्ती क्षेत्रमा पर्ने बेलौरी २ स्थित टेडुवा प्रहरी चौकीको नयाँ पक्की भवनको हिजो सिलन्यास कार्य सम्पन्न भएको छ ।
एक कार्यक्रम विच सुदुरपश्चिम प्रदेश सभा सदस्य कुलविर चौधरीले भवनको उदघाटन गर्नुभयो । उक्त भवन प्रदेश सभा सदस्य कुलविर चौधरीको पहलमा बन्न लागेको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट प्राप्त एक करोड बैसठ्ठी लाख उनान्सत्तरी हजारको लागतमा बन्न लागेको भवनको ठेकेदार राम बहादुर शाहले ठेक्का लिएका    छन ।

त्यस अवसरमा नेकपा कञ्चनपुरका जिल्ला सदस्य पल्लवराज भट्ट, इलाका प्रहरी कार्यालय बेलौरीका इञ्चार्ज रण बहादुर चन्द, वडाध्यक्ष कलवीर चौधरी, ग्रामीण विद्युत सहकारीका क्षेत्रीय अध्यक्ष किसन नेपाली, वडासदस्य विष्णु खनाल लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य कुलवीर चौधरीले वर्तमान नेकपा सरकार जनतालाई विकास र सुरक्षा दिन सफल रहेको बताउनुभयो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.