web analytics

कञ्चनपुरको पुर्नवासमा वडा अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी

पुनर्वास । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ३ मा अध्यक्ष पदका लागि पाँचजनाले मनोनयन दर्ता गराएका छन् । वडा अध्यक्षका लागि नेकपाका कृष्ण तामाङ, नेपाली कांग्रेसका दीप बहादुर तामाङ (डिबी लामा), समाजवादी पार्टीका भीम तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका पदम शाही र राप्रपा संयुक्तका श्रीधन तामाङले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ।

COVID-19 Post ADS

पाँचै जनाले पुर्नवासमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज बिहान १० देखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय दिएको थियो।

नेपाली कांग्रेसका उम्मेदवार डिबी लामा

भोली उम्मेदवारमाथि उजुरी गर्ने, २९ गते नामावली प्रकाशन गर्ने, ३० गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले आयोगले जनाएको छ। उम्मेदवारहरुलाई मंसिर १ गते निर्वाचन चिह्न  प्रदान गरिने छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार पदम शाही
नेकपाका उम्मेदवार कृष्ण तामाङ


समाचार दिनेश खबरबाट साभार, फोटो : सामाजिक सञ्जाल

Facebook Comments
Down to post ads-480-38

Comments are closed.