web analytics

पुनर्वास ३ मा नेकपाको तर्फबाट वडाध्यक्षमा कृष्ण बहादुर तामाङ्ग सर्वसम्मत

 

Sponsored Ads

कञ्चनपुर, कार्तिक २४
आगामी मङ्सिरमा हुन लागेको उप चुनावमा पुनर्वास नगरपालिका वडानम्बर ३ को वडाध्यक्ष लागि नेकपाले आफ्नो उम्मेदवार तयार गरेको छ । हिजो बसेको वडानम्बर ३ को भेलाले लामो समयदेखि शिक्षण पेशामा आवद्ध कृष्ण बहादुर तामाङ्ग (टंक) को नाम सर्वसम्मत रुपमा चयन गरेको हो ।
भेलामा प्रदेश सभा सदस्य तथा सुदुरपश्चिम नेकपा सचेतक तारालामा तामाङ्ग, जि.स.स.संयोजक फैरु तामाङ्ग, नेकपा कञ्चनपुर अध्यक्ष बीर बहादुर थापा, पुनर्वास नगरपालिकाका उपप्रमुख शारदा शर्मा बिष्ट सहित स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।

भेलामा उपस्थित व्यक्तिहरु

“थुप्रै जनाको दावेदारी रहने हल्ला चलेपनी भेलामा कसैले पनि आफ्नो दावेदारी प्रस्तुत नगरेको” पूर्व शिक्षक तथा नेकपाका स्थानीय नेता श्यामलाल सुवेदीले बताउनुभयो । “भेलामा उपस्थित हुनुपूर्व नै आन्तरिक रुपमा सहमति बनी सकेकाले वडा भेलाले औपचारिकता मात्र दिएको हो । कृष्ण तामाङ जी बौद्धिक व्यक्तित्व भएकाले कसैको असहमति हुने कुरै भएन” नेता सुवेदीले भन्नुभयो ।
प्रदेश सभा सदस्य तथा सुदुरपश्चिम नेकपा सचेतक तारालामा तामाङ्गले सौहार्दपूर्ण वातावरणमा भेला बसी सर्वसम्मत रुपमा कृष्ण बहादुर तामाङ्गको नाम चयन भएको बताउनुभयो । “कृष्ण तामाङ्ग जी योग्य र सबैको मनमा बस्न सक्ने ईमानदार व्यक्ति भएकाले उहाँको जीत सुनिश्चित छ” सभासद तामाङ्गले भन्नुभयो ।

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.