web analytics

दैनिक_राशिफल, वि.सं . २०७६ कार्तिक २३ गते शनिवार

 

वि.सं २०७६ कार्तिक २३ गते शनिवार तदनुसार ई.सं २०१९ नवम्बर ९ तारिख, दक्षिणायन,परिधावी नाम संवत्सर, शरद ऋतु , कार्तिक शुक्ल द्वादशी उत्तर भाद्रपद दिनमा ३:४४ बजेसम्म त्यसपछी रेवती, हर्षण/वज्रयोग/बालव/कौलवकरण , सूर्योदय ६:२१ सूर्यास्त ५:११ चं रा १२

COVID-19 Post ADS

#शुभलाभादि_समय 👇
बिहान ६:२१ बजेदेखि ७:४१ बजेसम्म #कालबेला
बिहान ७:४२ बजेदेखि ९:०३बजेसम्म #शुभबेला
बिहान ९:०४ बजेदेखि १०:२५ बजेसम्म #रोगबेला
बिहान १०:२६ बजेदेखि ११:४७ बजेसम्म #उद्वेगबेला
बिहान ११:४८बजेदेखि दि. १:०८ बजेसम्म #चरबेला
दिनमा १: ०९ बजेदेखि २:३० बजेसम्म #लाभबेला
दिनमा २:३१ बजेदेखि ३:५२ बजेसम्म #अमृतबेला
सांझ ३:५३ देखि ५:१३ बजेसम्म #कालबेला
#अन्य_केही_समयहरु
#राहुकाल- बिहान ९:०४ देखि १०:२१ बजेसम्म। #अभिजितमुहुर्त- बिहान १०:२५ देखि ११:४७ बजेसम्म #यमगंडकाल- बिहान ११:४७ देखि दिन १:०८ बजेसम्म
#गुलिककाल- बिहान ६:२१ देखि ७:४२ बजेसम्म।

#नोट- पंचांगको केन्द्रीय समयभन्दा अरु ठाँउको स्थानीय समय ५-१५ मिनट फरक हुनाले शुभलाभादि समय हेर्दा बीचको समयलाई महत्व दिनुहोला ।यदि हजुरले दैनिक रुपमा श्रीमान/श्रीमतीको अवहेलना,आमा बुवाको अपमान, अन्नको अनादर,गरीबको हाँसो उडाउने काम,परनिंदा, परस्त्री गमन,गुरु अवहेलना, इत्यादि खराब कर्महरु गर्नुहुन्छ भने त्यो कारणले पनि हजुरका राम्रा ग्रहदशा ले साथ दिदैनन।

 

#राशिफल_जे_जस्तो_भएपनि_आशा_र_विश्वासको_साथमा_राम्रो_समयमाको_प्रतिक्षा_गर्नुहोला ।

 

#मेष-(चू, चे, चो ,ला,ली,लू,ले,लो,अ)
आजको दिनमा विचार विमर्श गरेर कामलाई अगाडी बढाउनु होला ,पैसाको लेनदेनले फाईदा दिने छैन, सांझतिरबाट समयमा एक्कासी सुधार आउनेछ ।आज जप्ने मंत्र ॐ महालक्ष्म्यै नमः। मेष राशिको स्थायी कुरा – तत्व: अग्नि, गुणवत्ता: अस्थिर रंग: गाढा रातो, दिन: मंगलवार राशि स्वामी: मंगल, स्वभाव – चंचलता, उग्र , संगत गर्ने योग्य राशि : सिंह, धनु, भाग्य अंक: 1, 8

………………………
#वृष–(इ, ऊ,ऐ,ओ,व,वि, वू,वे वो
आजको दिनमा धन प्राप्तिको योग बनेको छ साथै शिक्षाक्षेत्रबाटपनि लाभ मिल्नेछ, आटेका कामहरु पुरा हुनेछन् रात्रिको समयमा पैसाको लेनदेन बाट जोगिनुहोला तथा वादविवादबाट टाढा रहनुहोला। आज जप्ने मंत्र ॐ हिरण्यगर्भाय नमः। वृष राशिको स्थायी कुराहरु-तत्व: पृथ्वी,, गुणवत्ता: स्थिर , रंग: नीलो, दिन: शुक्रवार, सोमवार ,राशि स्वामी: शुक्र स्वभावः शान्त एवं एकदम उग्र। , संगत गर्ने योग्य राशि : कन्या, मकर , भाग्य अंक: 2, 7,

………………
#मिथुन-(का,की,कू, घ, ङ,छ, के, को, ह)
स्वास्थ राम्रो नै रहनेछ तर आजको दिनमा गरेको कामबाट आफुलाई जस मिल्नेछैन साथै मन अशान्त रहनेछ र आजको दिनमा यात्रामा झ्याऊ झमेला देखिन्छ रात्रि लागेपछि समयमा सुधार आउनेछ ,भ्रमणयोग बनेको छ।
आजको दिनमा ॐ नम: शिवाय मंत्र जप गर्नुहोला। मिथुन राशिको स्थायी कुरा–तत्व : वायु, गुणवत्ता: द्विस्वभाव ,रंग: हरियो, दिन: बुधवार, राशि स्वामी: बुध संगत गर्ने योग्य राशि : तुला, कुंभ ,भाग्य अंक: 3, 6

….………………………
#कर्कट – (हि हु हे हो डा डि डु डे डो)
आजको दिनमा आफनतसंग सानो विवाद पर्ने देखिन्छ साथै मन स्थिर नभएर यता उता भाग्नेछ,सांझ परेपछि समयमा परिवर्तन आउनेछ।आजको दिनमा ॐ श्रीकृष्णाय नमः मंत्र जप गर्नुहोला।कर्कट राशि , तत्व: जल, गुणवत्ता: मूल , रंग: सेतो, दिन: सोमवार, बिहिबार , राशि स्वामी: चंद्र , संगत गर्ने योग्य राशि : वृश्चिक, मीन, भाग्य अंक: 4,
………………………
#सिंह-(मा मि मु मे मो टा टि टु टे)
आजको दिनमा मानसिक असन्तोष साथै आँखामा कष्ट हुने धनहानि को योग परेको हुनाले सतर्कता अपनाउनुहोला ।
आजको दिनमा ॐ सोमेश्वराय नमः मंत्रको जप गर्नुहोला।
सिंह राशिको स्थायी कुरा-तत्व: अग्नि, गुणवत्ता: स्थिर, रंग: हल्का रातो, आॅरेंजदिन: रविवार राशि स्वामी: सूर्य , संगत गर्ने योग्य राशि : मेष, धनु, भाग्य अंक: 5

……………………….
#कन्या-(टो पा पि पू ष ण ठ पे पो)
आजको दिनमा तपाईको स्वास्थ्य राम्रो रहनेछ, शिक्षाक्षेत्रमा लाभ मिल्नेछ, पारिवारिक सहयोगको कारणले रोकिएको काम पुरा हुने तर्फ जानेछ, मान्यवरहरुको संगति मिल्नेछ।
आजको दिनमा ॐ बुं बुधाय नमः मंत्रको जप गर्नुहोला ।कन्या राशिको स्थायी कुरा-, तत्व: पृथ्वी, गुणवत्ता: द्विस्वभाव , रंग: हरियो , दिन: बुधवार , राशि स्वामी: बुध , संगत गर्ने योग्य राशि : वृष, मकर , भाग्य अंक: 3,6

……………………………….
#तुला-(रा री रु रे रो ता ती तु ते)
आजको दिनमा गरेको कामबाट लाभ मिल्नेछ साथै धन प्राप्ति तथा शत्रुमाथि विजय हुने संकेत देखिन्छ। आजको दिनमा ॐ शुं शुक्राय नमः मंत्र जप गर्नुहोला। तुला राशिको स्थायी कुरा-तत्व: वायु, गुणवत्ता: अस्थिर , रंग: नीलो, दिन: शुक्रवार , राशि स्वामी: शुक्र, संगत गर्ने योग्य राशि : मिथुन, कुंभ , भाग्य अंक: 2,8
………………………..
#वृश्चिक- (तो ना नि नू ने नो या यी यू)
आजको दिनम सामान्यतया ग्रहगोचर ठिकै देखिन्छन्, नयाँ प्रकारको भोजन प्राप्ति योग बनेको छ, पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर प्राप्त हुनेछ,आजको दिनमा ॐ विघ्नहर्ताय नमः मंत्रको जप गर्नुहोला। वृश्चिक राशिको. स्थायी कुरा- तत्व: जल, गुणवत्ता: स्थिर , रंग: रातो, दिन: मंगलवार , राशि स्वामी: मंगल , संगत गर्ने योग्य राशि – कर्क, मीन , भाग्य अंक: 1,
…………………….
#धनु – ( ये यो भा भी भू ध फा ढ भे)
आजको दिनमा सरकारी क्षेत्रमा कामको लागि बढी मेहनत लाग्नेछ साथै कुनै व्यक्तिसंग विवादपनि पर्ने योग परेको हुनाले सतर्कता अपनाउनुहोला दिनमा ॐ गुरवे नमः मंत्रको जप गर्नुहोला ।धनु राशिको स्थायी कुरा–, तत्व: अग्नि, गुणवत्ता: द्विस्वभाव रंग: पहेलो, दिन: बिहीबार , राशि स्वामी: बृहस्पति , संगत गर्ने योग्य राशि : मेष, सिंह , भाग्य अंक: 9:1
……………………..
#मकर-(भो जा जी जे जू जो खा खी खू खे खो गा गी)
आजको दिनमा हजुरलाई आदर सत्कार मिल्ने योग बनेको छ साथै वैवाहिक जीवनमा नयाँ मोड आउनेछ नयाँ प्रकारको भोजनप्राप्त हुनेछ। आजको दिनमा ॐ हरये नमः मंत्रको जप गर्नुहोला मकर राशिको स्थायी कुरा–तत्व: पृथ्वी, गुणवत्ता: अस्थिर रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनिसंगत गर्ने योग्य राशि : वृष, कन्या, भाग्य अंक: 1,2

……………………..
#कुम्भ – (गू गे गो सा सी सू से सो द)
आजको दिनमा एक्कासि कुनै रोग लाग्ने देखिन्छन् साथै आजको दिनमा आफुभन्दा सानो व्यक्तिसंग झगडा पर्नेछ। आज जप्ने मंत्र ॐ गं गणपतये नमः।कुम्भ राशिको स्थायी कुरा-तत्व: वायु, , गुणवत्ता: स्थिर, रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनिवार संगत गर्ने योग्य राशि : मिथुन, तुला, भाग्य अंक
…………………….
#मीन -(दी दू थ झ ञ दे दो चा ची)
आजको दिनमा आरोग्यता प्रसन्नता तथा गरेको कामबाट सफलता हाथ लाग्छ साथै शिक्षाक्षेत्रबाट पनि लाभ मिल्नेछ। आजको दिनमा ॐ कार्तिकेय नमः मंत्रको जप गर्नुहोला।
तत्व: जल, , गुणवत्ता: द्विस्वभाव रंग: पहेलो , दिन: गुरुवार, राशि स्वामी: गुरु संगत गर्ने योग्य राशि : कर्क, वृश्चिक भाग्य अंक: 9,12

Facebook Comments
Down to post ads-480-38

Comments are closed.