सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला पन्त आज धनगढी आउँदै, भोली पदभार

धनगढी/कार्तिक २०
सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त शर्मिला पन्त आज प्रदेशको अस्थायी राजधानी धनगढी आउँदैछिन्। मंगलवार राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ खाएकी पन्त आज साँझ बुद्ध एयरको उडान मार्फत धनगढी आउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालय धनगढीले जनाएको छ।
बिहिवार विहान ११ बजे पदभार ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयका शाखा अधिकृत पुष्कर खड्काले जनकारी दिए। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले टुंगो लगाएको नाम सरकारबाट सिफारिस भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पन्तलाई सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेकी थिईन्।
आइतबार मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले सबै प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिइन्। पन्त तत्कालीन माओवादी सम्बद्ध बेपत्ता परिवार समाजको अध्यक्ष हुन्। उनका श्रीमान् ज्ञानेन्द्र त्रिपाठीलाई सशस्त्र विद्रोहको समयमा राज्यपक्षले बेपत्ता पारेको थियो। अखिल क्रान्तिकारीका नेता ज्ञानेन्द्रलाई सन् २००३ मा पक्राउ गरी बेपत्ता पारिएको थियो।
दिनेश खबरबाट ।
Comments are closed.