web analytics

विश्व बसोबास दिवसको अवसरमा राष्ट्रिय आवास कम्पनीद्वारा चित्रकला प्रतियोगिता सम्पन्न

प्रतियोगितामा सरस्वती मा.वि. मोति बस्ती प्रथम

पुनर्वास,१४ कार्तिक
विश्व बसोबास दिवसका अवसरमा राष्ट्रिय आवास कम्पनी पुनर्वासले माध्यमिक विद्यालय स्तरीय
चित्रकला प्रतियोगिता आयोजना गरेको छ ।
आठ विद्यालयको सहभागीता रहेको उक्त प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय, पुनर्वास -५ मोति बस्ती प्रथम भएको छ ।
त्यसैगरी पुनर्वास जनता मा.वि., टाउन द्वितीय र बाल बागिश्वरी मा.वि. पृथ्वी बस्ती तृतीय भएका छन ।
“अग्रणी प्रविधिद्वारा फोहोरबाट मोहर” शिर्षकमा भएको उक्त चित्रकला प्रतियोगिका प्रथम, द्वितीय र तृतीय स्थान ल्याउने विद्यालयहरूलाई नगर प्रमुख जीवनराज थापाले पुरस्कार वितरण गर्नुभएको हो ।

Sponsored Ads

तस्वीर :भिमलाल तामाङ

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.