web analytics

भारतीय दुर्व्यवहारबाट चेलीबेटी बचाउन रमाइलो साँस्कृतिक कार्यक्रमको आयोजना

कञ्चनपुर, १४ कार्तिक
भारतीय दुर्व्यवहारबाट चेलीबेटी सुरक्षित राख्न
पुनर्वास ९ विचफाँटामा कार्तिक १४ देखि आगामी कार्तिक १६ सम्म तीन दिने रमाइलो सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । यो भारतीय सिमा जोडिएको क्षेत्र हो ।
स्थानीय श्री परोपकार युवा क्लबले सो कार्यक्रम आयोजना गर्न लागेको हो । आज सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेकपा सुदुरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङले सो कार्यक्रमको उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।
तिहार सकिए लगत्तै नेपाली सिमावर्ती भारतीय बजार सुमेरुनगरमा सञ्चालन हुने सांस्कृतिक महोत्सवमा नेपालीहरुलाई अपमानजनक ढंगले गरिने दुर्व्यवहार, चेलीबेटी बलात्कार जस्ता अपराधीक गतिविधिबाट जनतालाई सुरक्षित राख्न श्री परोपकार युवा क्लबले मेलाको आयोजना गरेको क्लबका सचिव ईश्वर बुढाले बताए ।
स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारहरुको प्रस्तुति रहने सो रमाइलो साँस्कृतिक कार्यक्रममा स्थानीय भेषभुषा, संस्कृति झल्काउने नृत्य र जनचेतनामुलक प्रहसन तथा नाटकहरु पनि प्रस्तुत गरीने क्लबका अध्यक्ष चन्द्र सिंह बोगटीले बताए ।
“भारतीय दुर्व्यवहारबाट चेलीबेटी बचाउन कार्यक्रमको आयोजना गरेका हौं । भारतिय बजारमा लाग्ने रातिको मेलामा नेपाली चेलीबेटी जाँदा थुप्रैको ईज्जत लुटिएको तितो यथार्थ छ । यहि घटनाबाट पाठ सिकेर त्यही समयमा यता रमाइलो साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो” पुनर्वास ९ का वडाध्यक्ष नारायण जैसीले बताए ।
कार्यक्रमलाई पुनर्वास नगरपालिका, उद्योगपति र स्थानीय व्यापारीको सहयोग रहेको छ । कार्यक्रम प्रत्येक दिन साँझ ७ बजे देखि राती १ बजे सम्म सञ्चालन हुनेछ।

Sponsored Ads

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.