web analytics

कञ्चनपुरको लालझाडीमा अजिङ्गर फेला

साझा संवाददाता
कञ्चनपुर, कार्तिक १४
कंचनपुरको लालझाडी गाउँपालिकामा हिजो बुधबार अजिङ्गर फेला परेको छ ।
लालझाडी गाउँपालिका ४ पर्सियामा स्थानिय जोगीलाल चौधरीले ठेक्कामा लिइ धान रोपेको स्वतन्त्र आधारभुत विद्यालयको जमिनमा धान काट्ने क्रममा अजिङ्गर फेला परेको हो ।
करिब नौ फिट लम्बाई भएको अजिङ्गरको तौल दश देखी बाह्र किलोग्राम रहेको अनुमान गरिएको छ । स्थानियको सहयोगमा उक्त अजिङ्गरलाई सिएफसिसि का सदस्य सहदेव रानाको जिम्मा लगाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छोडिएको छ ।

Facebook Comments
COVID-19 Post ADS
Down to post ads-480-38

Comments are closed.