web analytics

चर्चित गायक तथा मोडल दुर्गेश थापा गिरफ्तार

काठमाडौ /”कि दुर्गेश रेलमा, कि दुर्गेश जेलमा” बोलको गीत  गाएर  कुनै समय चर्चित बनेका गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । विवादित गीत गाएपछि गायक दुर्गेश थापा पक्राउ परेका छन् । प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले थापालाई मंगलबार काठमाडौंबाट पक्राउ गरिएको जानकारी दिए । निषेधित लागुऔषध गाँजा प्रयोग गर्न दुरुत्साहन गर्ने गरी गीत गाएकाले उनलाई पक्राउ गरिएको पोखरेल बताए । यस विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

Sponsored Ads

 गीतमा उनले वियर खाँदै तिहार मनाउँ भन्ने खालको आाशय व्यक्त गरेका छन । मदिरा र गाँजा सेवनलाई प्रोत्साहन गरी  गीत गाएपछि उनको निकै आलोचना भएको थियो।  उनले लागु पदार्थ सेवन गर्न प्रोत्साहन गरेर गीत गाउनु कानुन विपरित भएको र सामाजिक मूल्य-मान्यता विपरित भएको भनी चर्काे आलोचना भइरहेको हो।

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.