web analytics

आज देखि पूर्णलक्ष्मी चलचित्र मन्दिरमा सुपरहीट नेपाली चलचित्र “कबड्डी कबड्डी कबड्डी”

पुनर्वास/ २१ असोज

Sponsored Ads

विजया दशमीको उपलक्ष्यमा आज देखी पुनर्वासको
पूर्णलक्ष्मी चलचित्र मन्दिरमा दयाहाङ्ग राईद्वारा अभिनित सुपरहिट नेपाली चलचित्र “कबड्डी कबड्डी कबड्डी” प्रदर्शन हुने भएको छ । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको यस चलचित्र फरक प्रकारको कथा र शैली रहेको छ । दर्शकलाई तान्न सक्ने क्षमता राख्ने निर्देशक गुरुङले यस चलचित्रमा स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्दलाई देखाएका छ्न ।
चलचित्रमा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा शाक्य, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, बुद्धि तामाङ, लुनिभा तुलाधर, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के. राई, डि.बि गुरुङ, राजेन्द्र थापालगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।
बासुरी फिल्म्सको निर्माण र सिनेमा आर्टको प्रस्तुति रहेको चलचित्रसँग माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले सहकार्य गरेका छन् ।

हेर्नुस् ट्रेलर…..http://https://youtu.be/c4HswWvFzWY

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.