web analytics

आईबिआरडीको पेट्रोल पम्पबाट दुई लाख चोरी 

-साझा समाचारदाता

Sponsored Ads

कञ्चनपुर, २० असोज

पुनर्वास-६ आईबिआरडीको नवदुर्गा आयल स्टोरबाट गएराति करीब तीन बजेतिर दुई लाख चोरी भएको छ ।

पसलमा राखिएको गल्ला ( पैसा राख्ने बाकस) चोरहरुले लगेका छन । माथिल्लो तलामा उक्लेर खुला ढोकाबाट चोर भित्र पसेको र तल आएर पसलको गल्ला बोकेर भागेको नवदुर्गा आयल स्टोरका मालिक मोविद अन्सारीले बताए ।

“करिब तीन बजेको थियो । श्रीमती,बुहारी र नाति माथिल्लो तलामा सुतेका थिए भने म तल्लो तलामा रहेको पसलमै सुतेको थिए । कसैले ढोका उघारेको सुने । श्रीमती वा बुहारी मध्ये कोहि होला भनेर चुपचाप सुतिरहे । सधै श्रीमती र बुहारी जो आएपनी बत्ती बाल्थे तर आज किन बालेनन भनेर शंका लागि उठेर बत्ती बाले । आफ्नो बेड नजिकै टेबलमा राखेको गल्ला थिएन । ढोका ह्वाङ्गै थियो । आत्तिएर बाहिर आए । केहि बोल्नै सकिन । केही पर मानिस भागीरहेको र केही चिज भुईमा खसेको आवाज सुने । चोरहरुले आफ्नो गल्ला भुईमा खसाएको हो भन्ने चाल पाएँ । एक्लै चोरहरुको पछि जाने हिम्मत भएन । हातमा टर्च पनि थिएन । त्यसपछि मात्र मैले चोर!! चोर!! भनेर कराएँ । तर छिमेकी जम्मा हुन करीब पन्ध्र मिनेट लाग्यो । त्यतिबेला सम्म चोर धेरै टाढा भागीसकेका थिए । त्यस लगत्तै मैले प्रहरीलाई फोन गरे तर उनीहरू पाँच बजे मात्र आए ।”

अस्थायी प्रहरी पोष्टका ईञ्चार्ज दान बहादुर साउदले आफुहरु खबर पाउने बित्तिकै घटनास्थलमा गएको र मुचुल्का उठाउने लगायत अन्य अनुसन्धान कार्य गरीरहेको बताए ।

पुनर्वास क्षेत्रमा बारम्बार चोरीका घटना दोहोरीरहँदा सर्वसाधारण चिन्तित बनेका छ्न । र सुरक्षाकर्मिहरुको कार्यकुशलता प्रती गम्भीर प्रश्न चिन्ह खडा गरीरहेका छन ।

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.