web analytics

अष्ट्रेलियाको ब्रिसवनमा दशैं विशेष सांस्कृतिक कार्यक्रम, प्रमोद खरेल, कमल खत्री लगायतको प्रस्तुति हुने

ब्रिसवन ।
नेपालीहरुको महानपर्व विजयादशमीको अवसरमा अष्ट्रेलियाको ब्रिसवन सहरमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । ब्रिसवनको फर्चिच्युड भ्याली स्थित चाईना टाउनमा आज ६ अक्टोबरका दिन भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा नेपालका अत्यन्तै चर्चित गायक, गायिकाले प्रस्तुति दिनेछन । कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका गायक प्रमोद खरेल, कमल खत्री, कोमल वली र संजिव पराजुलीले प्रस्तुति दिनेछन ।

Sponsored Ads

आइतबार दशैंको अष्टमीको दिन आयोजना गरिएको यस कार्यक्रमका मुख्य आकर्षकहरुमा म्युजिकल कन्सर्ट, सांस्कृतिक नृत्य प्रस्तुति, फेसन शो, फेस पेन्टिङ, खानाका स्टलहरु, देउसीभैलो देखि भजनकृतन समेत हुने भएको छ ।

अष्ट्रेलिया स्थित एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसले कार्यक्रमको स्पोन्सर गरेको हो । कार्यक्रम बिहानैदेखि सुरुभएको छ, दर्शकहरुको उपस्थिति हुँदैछ, कार्यक्रम बेलुका १० बजे सम्म सञ्चालन हुने संस्थाका सञ्चालन अरुण पौडेलले जानकारी दिनुभयो । कार्यक्रमलाई नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.