web analytics

सम्पादकीय/ अखाद्य वस्तुको ओसारपसार बन्द गरौ ।

चाडवाड नजिक आएसंगै सिमावर्ती भारतीय बजार भरीभराउ छन भने नेपाली बजार सुनसान देखिन्छ । सस्तो सामान पाउने लोभमा नेपाली उपभोक्ताहरु आँखा चिम्लेर भारतिय बजारमा सामान खरीद गरीरहेका छन । उनीहरू ठगीईरहेका छ्न । तर नेपाली उपभोक्ताहरुले भारतबाट ल्याएर प्रयोग गर्ने सामान कत्तिको गुणस्तरीय र स्वस्थकर छ ? भनेर नाप्ने वा मापन गर्ने निकायको नेपालमा अभाव छ । मिति सकिएका, खान अयोग्य बस्तुहरु अन्धाधुन्ध नेपालीको चुलोमा आईपुग्दा सरोकारवाला निकायहरू मौन बस्नु ठूलो विडम्बना हो । खुला र अवैध सिमाना हुँदै आउने यस्ता सामानहरु भित्र्याउन नेपाली उपभोक्ताहरु नै तँछाडमछाड गर्दै लागेपछि नेपाली प्रशासन लाचार भएर रमितेको भूमिकामा देखिन्छ । यता नेपाली व्यापारीहरु ग्राहक नपाएर झिंगा मार्नुपर्ने उता भारतीय व्यापारीलाई भ्याईनभ्याईको अवस्था हुँदा के कारणले यो भईरहेको छ भनेर सोच्ने समय आईसकेको छ । सामान्य तरीकाले विचार गर्दा मूल्यमा ठूलो फरक, जनचेतनाको अभाव, नेपाली प्रशासनको लापरबाही र खुला सिमाना हुनु नै यो समस्याको मूख्य कारण हो ।
यी कारणहरुतर्फ विचार गरेर सरोकारवालाहरुले कदम चाल्न सके निश्चित रुपमा नेपालीहरु ठगिने र स्वास्थ्यमा खेलवाड हुने समस्यामा कमी हुने थियोे ।

Sponsored Ads

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.