web analytics

पुनर्वास उद्योग वाणिज्य संघद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

पुनर्वास, असोज १९
पुनर्वास उद्योग वाणिज्य संघले दशै, दिपावली र छठ पर्वको अवसरमा हिजो शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको थियो । पुनर्वास ६ स्थित आफ्नै सभाहलमा आयोजित कार्यक्रममा पुनर्वास उद्याेग वाणिज्य संघका अध्यक्ष कृष्ण बहादुर तामाङ सभापति र नगर प्रमुख जीवनराज थापा प्रमुख अतिथिको आसनमा हुनुहुन्थ्यो । अतिथिको आसनमा नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुर अध्यक्ष वीर बहादुर थापा, नगर उपप्रमुख शारदा शर्मा विष्ट, नेकपा प्रदेश सदस्य दिपक बिसी आदर्श, जेष्ठ नागरिक जिल्ला उपाध्यक्ष पदम बहादुर थापा, नेकपा कञ्चनपुर जिल्ला सदस्य कञ्चन गीरी, नेपाली काङ्ग्रेस पुनर्वास नगर सभापति याम प्रसाद पौडेल, पुनर्वास उद्याेग वाणिज्य संघका संस्थापक अध्यक्ष विश्वनाथ विष्ट, निवर्तमान अध्यक्ष विरवल विश्वकर्मा, नेपाल रेडक्रस सोसाइटी, पुनर्वास उपशाखा सभापति विष्णुभक्त पौडेल, जनता बहुमुखी क्याम्पसका अध्यक्ष रामचन्द्र नेपाल हुनुहुन्थ्यो । त्यसैगरी पुनर्वास उद्योग वाणिज्य संघका सम्पूर्ण पदाधिकारी,उद्योगी र व्यापारीहरु र सुरक्षा निकाय प्रमुखहरुको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख जीवनराज थापाले
अखाद्य पेय पदार्थ डिउको कारणले धेरै पुनर्वासीको मृत्यु भएको बताउनुभयो । अखाद्य पेय पदार्थका साथै अन्य अखाद्य वस्तु खरीद नगर्न उपभोक्तालाई अनुरोध गर्नुभयो । भारतसँगको सिमा विवाद सन्दर्भमा बोल्नुहुँदै नगरप्रमुख थापाले हिजो हाम्रो जमीन त्यहाँ सम्म थियो भनेर अब केही फाईदा नहुने र त्यसको अर्थ पनि नभएकाले नक्सा अनुसार सिमाङ्कन गर्नुपर्छ भन्ने माग गर्नुको अलावा अर्को उपाय नभएको बताउनुभयो ।
सडकको सन्दर्भमा “गुणस्तरहीन सडक बन्न नदिन वडाबासीहरु आफै सजग हुनुपर्छ । बनीसकेपछि गुणस्तरहीन बन्यो भनेर भन्नु भन्दा बन्ने बेलामा सबैले हेरविचार गर्नुपर्छ” नगरप्रमुख थापाले भन्नुभयो ।
वैचारिक हिसाबले फरक भएपनी पुनर्वासको विकासमा सबै एक हुनुपर्ने, कार्यक्रम बहिस्कार गरेर कसैलाई फाईदा नहुने तथा आपसी छलफल गरी चित्त नबुझेको कुरा राख्नुपर्ने नगरप्रमुख थापाको भनाई थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै नगर उपप्रमुख शारदा शर्मा विष्टले दशैमा जे गरेपनि छुट हुन्छ भन्ने भावना हटाउनुपर्ने बताउनुभयो । “हामी सवैमा आत्म अनुशासन हुनुपर्ने र सबैले आआफ्नो ठाउँमा जिम्मेवार हुनुपर्ने” उपप्रमुख शर्माको भनाई थियो ।
त्यसैगरि नेपाली काङ्ग्रेस पुनर्वासका सभापति यम प्रसाद पौडेलले नेपालीहरु आफ्नो कर्तव्यबाट टाढा भएको कारणले उन्नति गर्न नसकेको विचार राख्नुभयो । नेकपा कञ्चनपुरका अध्यक्ष वीर बहादुर थापाले
सरकारले जतिसुकै लगानी गरेपनि किसानहरुले अनुदानकै लागि काम गरीदिदा उत्पादन हुन नसकेको बताउनुहुँदै हाम्रो उत्पादनलाई बढावा र विश्वास गर्न सके देश आत्मनिर्भर बन्न सक्ने विचार राख्नुभयो । हामीमा रहेको गलत मानसिकताका कारण हाम्रो आर्थिक अवस्था धराप परेको अध्यक्ष थापाको विचार थियोे ।
कार्यक्रमको अन्तमा बोल्नुहुँदै पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण बहादुर तामाङले पुनर्वासमा अखाद्य वस्तु भित्रीरहेको बताउनुभयो । यसलाई रोक्न एक्लो प्रशासनको प्रयासले मात्र नहुने र जनताहरु चेतनशील भएर सबैले आआफ्नो क्षेत्रबाट प्रयास र पहल गरेमात्र अखाद्य वस्तु रोक्न सकिने अध्यक्ष तामाङको भनाई थियो ।
कार्यक्रमलाई पुनर्वास उद्योग वाणिज्य संघका कार्यवाहक महासचिव दिपक तिमल्सेनाले सञ्चालन गर्नुभएको थियो ।

Sponsored Ads

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.