web analytics

क्षेत्रीय ग्रामीण विद्युत संस्था लि. बेलौरीद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

लालझाडी, असोज १९
क्षेत्रीय ग्रामीण विद्युत संस्था लिमिटेड बेलौरी ३ द्वारा दशै,तिहार र छठ पर्वको अवसर पारी शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । जसको प्रायोजक लालझाडी गाउँपालिका रहेका सम्पूर्ण ग्रामीण विद्युत सहकारी संस्थाहरु रहेको थियो । लालझाडी ३ स्थित पुर्णिमा विद्यालयमा भएको कार्यक्रममा सभापतिको आसनमा क्षेत्रीय ग्रामीण विद्युत सहकारी प्रमुख किसन नेपाली हुनुहुन्थ्यो ।
प्रमुख अतिथिको आसनमा भने नेपाल केन्द्रिय सहकारी संघका उपाध्यक्ष गोविन्द भट्ट हुनुहुन्थ्यो । त्यसैगरि विशिष्ट अतिथिको आसनमा लालझाडी ३ का वडाध्यक्ष टिकाराम चौधरी, वडानम्बर ४ का वडाध्यक्ष बहादुर राना,नेकपाका जिल्ला सदस्य डिट्ठा राना, भक्ता राना रहनुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य वल्मी सहकारी संस्थाका उपाध्यक्ष लक्ष्मण रानाले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन बद्री प्रसाद रेग्मीले गर्नुभएको थियो । कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुदै नेकपा जिल्ला सदस्य भक्ता रानाले सहकारी उत्थानका लागि स्थानीय निकायले सहयोग गर्नुपर्ने बताउनुभयो । “सहकारीलाई सरोकारवाला सबैले आआफ्नो ठाउँबाट सहयोग गरे यो अझै फस्टाउनेछ” जिल्ला सदस्य रानाले भन्नुभयो । त्यसैगरि लालझाडी वडानम्बर ४ का वडाध्यक्ष बहादुर रानाले केही वडामा संसदीय बजेटबाट रकम छुट्याइएको र वडानम्बर ३,४,५ मा रहेका सहकारीहरुको मागलाई उच्च प्राथमिकतामा राखेको जानकारी  दिनुुभयो ।प्रमुख अतिथि गोविन्द भट्टले यहाँका सहकारीका व्यवस्थापनलाई सहि राख्न हिसाबकिताब पारदर्शी रुपले राख्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो । त्यसैगरी गाउँ एकाई कमिटीका सचिव निर्मल राना र समाजसेवी अमर रानाले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Sponsored Ads

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.