web analytics

सम्पादकीय /संविधानमा उचित संशोधन र सरकारको कार्यशैलीमा परीवर्तन आवश्यक

संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔ,घर घरमा राष्ट्रिय झण्डा फहराऔं,घरघरमा दिपावली गरौ”भन्ने मूल नाराका साथ संविधान दिवस मनाउन सरकारले आग्रह गरीरहँदा वर्तमान संविधान प्रती असन्तुष्ट जनाउँदै असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाईरहेका मधेसी दाजुभाइको मागलाई एकचोटि सरकारले ध्यान दिने हो कि? भन्ने भनाइ केही कोणबाट आईरहेको छ । तर सरकारले यसलाई ध्यान दिईरहेको देखिदैन । मधेसी दाजुभाइको माग सरकारले सम्बोधन नगरीदिदा भारतले जुन खेल्ने मौका पायो,त्यो हामिले भुलेका छैनौ । “भाइ फुटे गवाँर लुटे”भन्ने भनाई त्यसबेला चरितार्थ भयो,जुनबेला मधेसीको आडमा भारतले नेपालमा नाकाबन्दी लगायो । र तीन करोड नेपालीले दु:ख पाए । भूकम्पबाट घाइते हजारौं बिरामी अकालमा ज्यान गुमाउन बाध्य भए । अहिले त्यो असन्तुष्ट मनहरु दविएर बसेको छ र कुनै बेलापनी विस्फोट हुनसक्छ । यसकुरा तर्फ सरकारले समयमै ध्यान दिने हो कि? त्यसैगरि सम्पूर्ण नेपाली जनताले अहिलेको गणतान्त्रिक व्यवस्थाको आनन्द लिईरहँदा यो व्यवस्था बहाली गर्न योगदान दिने सहिद परीवार,बेपत्ता परीवार र घाईते परीवारको पिडातर्फ पनी सरकारले ध्यान दिने हो कि? द्वन्द्वकालमा मारीएका,बेपत्ता पारीएका र अङ्गभङ्ग पारीएकाहरुको घाउमा किन मल्हम लगाउने काम भएको छैन? विगतमा द्वन्द्वको नेतृत्व गरेको पार्टीले सरकार चलाईरहँदा द्वन्द्व पीडितहरुको समस्या ज्युँ का त्यूँ रहनु विडम्बना हो । यसतर्फ पनि सरकारको बेलैमा ध्यान जानु आवश्यक छ । संविधान दिवस मनाईरहँदा असन्तुष्ट पक्षहरुका मागलाई समेटदै सबैको अपनत्व भाव आउने गरि सरकारको कार्यशैली र संविधानमा संशोधन आवश्यक छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.