web analytics

कञ्चनपुरको सीमा समस्या समाधान गर्न सांसद इन्दु कडरियाको माग

काठमाडौँ, असोज ०२
भारतीयको अतिक्रमण र थिचोमिचो रहेको कञ्चनपुरको दक्षिणीक्षेत्रको सीमाका समस्या समाधान गराउन राष्ट्रिय सभा सदस्य सांसद इन्दु कडरिया बिष्टले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधबार राष्ट्रिय सभामा उहाँले सीमाक्षेत्रका नेपालीहरुले आफ्नो जमिन भोगचलन गर्न समेत नपाएको, नेपाली भुमि अतिक्रमण भईरहेको लगायतका विषयलाई उठाउनुभएको छ । उहाँले भारत सरकारसंग यस बिषयमा कुरा राखी समस्याको समाधान गरियोस् भनी माग गर्नुभएको छ ।

Sponsored Ads

आनन्द बजार घटनामा नेपालीहरु प्रति आक्रमकशैलीमा आएका भारतीय एसएसबी

कञ्चनपुरको आनन्द बजार घटनापछी तत्काल सीमा समस्या समाधान गर्ने आश्वासन दिएको सरकारले ३ बर्ष भैसक्दा समेत अहिलेसम्म सीमासमस्या समाधान गर्न सकेको छैन । दशगजा छोडेर नेपाल तर्फ कल्भर्ट निर्माण गर्न खोज्दा अवरोध गर्दै २०७३ फाल्गुन २६ गते स्थानीय युवा गोविन्द गौतमलाई हज्जारौं नेपाली र भारतीयका बीचमा गोलि हानी हत्या गर्‍यो । भारतले अहिलेसम्म सो हत्याको जिम्मेवारी लिएको छैन ।

पुनर्वास ९ प्यारातालमा नेपालीले लगायतको विद्युतिय तारबार उखेलिएको ।

यस क्षेत्रको बर्षौंदेखिको सीमासमस्या अहिलेसम्म समाधान हुन सकेको छैन । सीमाक्षेत्रका वासिन्दाले भारतीयपक्षबाट हुने दुर्व्यवहार, ज्यादती, कुटपिट तथा गोलि नै ठोक्ने सम्मका क्रियाकलाप रोकिएको छैन । केहि दिन अधि मात्र पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडासदस्य पृथ्वी गुरुङलाई भारतीय व्यापारीहरुको समुहले कुटपिट गर्दा घाइते भएका छन । निर्वाचित जनप्रतिनिधिलाई समेत कुटपिट गर्न पछी नपर्ने भारतीय सामन्तहरुले सर्वसाधारणलाई झन चरम हेपाइ र दु्व्यवहार गर्दै आईरहेका छन ।

पुर्जा भएको जमीन उपभोग गर्न नपाएका करन बहादुर सुनार पुर्जा देखाउदै ।

पुनर्वास नगरपालिका ९ बिचफाँटामा भारतीय नेसनल पार्कबाट आउने जंगली हात्ती नियन्त्रण गर्न नेपालकै जमीनमा विद्युतिय तारबार लगाउदा भारतीय एसएसबीले दादागिरी शैलीमा उखेलेर फालिदेको छ । कञ्चनपुरको सुन्दर प्याराताल आफ्नो भनी दाबी गरेको छ । बेलौरी नगरपालिका १ का स्थानीय मान बहादुर सुनार र करन बहादुर सुनारको लालपुर्जा भएको जमीन भोगचलन गर्न दिएको छैन ।

सीमाक्षेत्रमा दशैमा घर फर्किने नेपालीलाई लुटपाट गर्ने, दु:ख दिने, कुट्ने, दुर्व्यावहार गर्ने सम्मका क्रियाकलाप दैनिक जसो भइरहेको छ । यस तर्फ समेत सरकारको ध्यान पुग्न सकेको छैन ।

आनन्दबजार सीमाक्षेत्रको गूगल म्याप ।

 

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.