web analytics

तिज पर्वलाई विकृत नबनाऔं ।

हिन्दु नारीहरुको सांस्कृतिक पर्व तिजको बेग्लै विशेषता र महत्त्व रहेको छ । तीजमा गाइने भाकाको शुरुवात व्रतको बेला दिन कटाउनको लागि गीत गाउने क्रममा भएको मानिन्छ । माइतीमा जाँदा दाजुभाई, दिदीबहिनी, बुवाआमालाई आफ्नो दुःख, समस्या, पीडा पोख्नको लागि गीतको माध्यमबाट सुनाउँदा बढी प्रभावकारी भएकोले तीजको गीतको शुरुवात भएको हो । वर्षेवाली लगाइसके पछिको फुर्सदको समयमा माइती जाँदा ती दुःखकष्टका भावलाई गीतका भाकामा गाइने गीत नै तीज गीत हो । तर अहिलेको बदलिंदो परिवेशमा तीज गीतको नाममा आधुनिकता भन्दै शब्द सुन्न र दृश्य हेर्न नसकिने खालका गीतको बाढी नै आएको छ । मन्दिरमा शिवजीको दर्शन गरेर नाच्नु पर्ने पर्वमा डिस्कोमा तीज, पोइला जान पाम, शिव जस्तै पति पाम, कन्याइदेउ न वाई जस्ता शब्द र भाकाले के सन्देश दिन खोजेको हो ? एक महिना अगाडिदेखिको तीजदरमा ह्वीस्की, रम, रक्सी खानु पर्ने भए तीज नै किन ?

Sponsored Ads

नेपालको सन्दर्भमा हिन्दु महिलाको पर्व तीज नभनेर यो चाड अव सबै नेपाली महिलाको साझा पर्वको रुपमा अगाडि आएको छ । यसलाई सरकारले समेत महिलाको पर्व मात्र नभनेर नेपालीहरुको पर्वको रुपमा लिनु आवश्यक छ । हिमाल, पहाड, तराईमा रहेका नेपाली महिलाहरुले अनावश्यक तडक भडक र देखासिकी नगरी महिला हिंसा, यौन हिंसाका विरुद्ध तथा महिला शसक्तिकरण सम्बन्धी चेतनामूलक कार्यक्रमहरुसँग जोडेर तीजलाई भव्य र सभ्य बनाउँदा राम्रो हुन्छ ।

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.