web analytics

फेरि बढ्यो सुनको मूल्य, यस्तो छ आजको भाउ !  

सुनको मूल्य फेरि बढेको छ । सुन तोलामा विहीवार पुनः ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार छापावाला सुन प्रतितोला ७३ हजार ४०० रुपैयाँ र तेजाबी ७३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सूनको भाउ मंगलबार घटेको थियो ।

Sponsored Ads

मंगलबार तोलामा ९०० रुपैयाँले घटेर छापावाला सुन ७२ हजार ६०० र तेजाबी सुन ७२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार भने सुनको भाउ घटबढ भएको थिएन । केही दिनयता सुनको मूल्यमा निकै ठूलो वृद्धि भएको छ । यो साताको पहिलो दुई दिनमा सुन तोलामा २ हजार भन्दा बढी बढेको छ ।

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.