कस्मिरमा गोली हानाहान हुँदा पाँच भारतीय र तीन पाकिस्तानी सैनिकको मृत्यु

कस्मिरको ‘लाइन अफ कन्ट्रोल’ मा भारतीय सेनासँग गोली हानाहान हुँदा ८ जनाको मृत्यु भएको पाकिस्तानले बताएको छ।
पाकिस्तानी सेनाका प्रवक्ता आशिफ गफुरले बिहीबार साँझ ट्वीट गर्दै दोहोरो गोली हानाहानमा तीन जना पाकिस्तानी सेनाले सहादत पाएको उल्लेख गरेका छन्।
उनले मृत्यु हुने तीन जना सैनिकको तस्वीर पनि ट्वीटरमा राखेका छन्।
पाकिस्तानी सेनाका नायक तन्धिर, लान्से नायक तैमुर र सेपोय रमाजनको मृत्यु भएको उनको ट्वीटमा उल्लेख छ।

In efforts to divert attention from precarious situation in IOJ&K,Indian Army increases firing along LOC.
3 Pakistani soldiers embraced shahadat. Pakistan Army responded effectively. 5 Indian soldiers killed, many injured, bunkers damaged. Intermittent exchange of fire continues. pic.twitter.com/wx1RoYdiKE
— DG ISPR (@OfficialDGISPR) August 15, 2019
गफुरले जम्मु कस्मिरको खराब अवस्थाबाट ध्यान अन्तै मोड्न भारतीय सेनाले एलओसीमा गोलाबारी गर्दा तीन पाकिस्तानी सैनिकको मृत्यु भएको जनाएका छन्।
‘पाकिस्तानी सेनाले पनि प्रभावकारी ढंगले आक्रमणको जवाफ दियो। पाँच भारतीय सैनिक मारिएका छन्। धेरै घाइते छन्। बंकरहरू ध्वस्त पारिएका छन्। गोली हानाहान जारी छ,’ गफुरले ट्वीटमा लेखेका छन्।
यसअघि गत अगष्ट ५ मा भारतले जम्मु कस्मिरलाई विशेष मान्यता दिने संविधानको धारा ३७० खारेज गरेर जम्मु कस्मिर र लद्दाखलाई दुई केन्द्र शासित क्षेत्रमा बाँडेको थियो।
पाकिस्तानले नरेन्द्र मोदी सरकारको उक्त निर्णय एक पक्षीय र गैरकानुनी भएको भन्दै विरोध जनाएको थियो।
भारतसँग कूटनीतिक सम्बन्ध तोडेको पाकिस्तानले उक्त निर्णयको विरोधमा जुनसुकै हदसम्म जान पनि तयार रहेको बताएको थियो।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मोदी सरकार जर्मनीका शासक हिटलरको बाटोमा हिँडिरहेकोले यसलाई रोक्नुपर्ने बताएका थिए।
Comments are closed.