web analytics

रक्तदान किन गर्ने कि ? यस्ता छन् फाइदा

‘रक्तदान जीवनदान’ भन्ने भनाइ हामीले सुन्दै आएका छौँ । रक्तदानका लागि प्रेरित गर्न यो वाक्यांशले धेरै भूमिका पनि खेलेको होला । हामीले केही महत्वपूर्ण कुराको ख्याल गरी रक्तदान गरे धेरै फाइदा पुग्न सक्छ । आजभोलि रक्तदान गर्नेको संख्या बढेसँगै नेपालमा रगतको अभाव कम भएको पाइन्छ । रक्तदान गर्ने व्यक्ति स्वस्थ हुनु जरुरी छ, ताकि रगत लिनेलाई कुनै प्रकारको रोग नलागोस् । रगतविना जीवनको परिकल्पना गर्न सकिँदैन । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो । कुनै पनि वेला जोसुकैलाई रगत चाहिन सक्छ । स्वेच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । रक्तदान गरिसकेपछि दान गर्ने व्यक्तिले आत्मसन्तुष्टि प्राप्त गर्दछ ।

Sponsored Ads

महत्व

रगतको प्रमुख काम प्राणवायु तथा पोषक तत्व कोषिकाहरूमा पु¥याउनु हो । रगतमा विभिन्न प्रकारका तत्व हुन्छन्, जसले जिउँदो राख्न र रोगहरू निको पार्न मद्दत गर्छन् । रक्तदान गर्नाले धेरै मानिसको ज्यान बचाउन सकिन्छ । रगत आफैँलाई वा आफन्तलाई कुनै पनि वेला चाहिन सक्छ । रक्तदान गर्दा अरूलाई मात्र होइन, आफैँलाई पनि फाइदा पुग्छ । एउटा स्वस्थ रक्तदाताले प्रत्येक ५६ दिनमा रक्तदान गर्न मिल्छ । तथापि, प्रत्येक तीन महिनामा रक्तदान गर्नु उपयुक्त हुन्छ । दान गरिएको रगत ४२ दिनसम्म काम लाग्ने भएकाले रगत आवश्यक पर्ने धेरै बिरामीलाई यो काम आउँछ ।

रगतको विभाजन

रगतलाई सामान्यतया आठ समूहमा विभाजन गरिएको हुन्छ । ‘ए, बी, एबी, ओ’ पोजिटिभ र ‘ए, बी, एबी, ओ’ नेगेटिभ । आपत्कालीन अवस्थामा ‘ओ’ नेगेटिभ समूहको रगत अन्य समूहको रगत भएकालाई दिन सकिन्छ । त्यसैले ‘ओ’ नेगेटिभ समूहलाई ‘युनिभर्सल डोनर’ भनिन्छ । ‘एबी’ रक्त समूह भएकाले भने अन्य रक्त समूह भएकाको रगत लिन मिल्छ । त्यसैले ‘एबी’ समूहलाई ‘युनिभर्सल रेसिपिएन्ट’ भनिन्छ । सैद्धान्तिक रूपमा यसो भनिए पनि रक्त समूह मिलाएरै मात्र रगत लिनु उत्तम हुन्छ । दान गरिने रगतमा जीवाणु, परजीवी, औषधि तथा कुनै पनि प्रकारका हानिकारक पदार्थ हुनु हुँदैन । रक्तदान गर्नुअगाडि रक्तदाताको स्वास्थ्य परीक्षण गरिने भए पनि हाम्रो सन्दर्भमा प्रायः परीक्षण विस्तारमा गरिएको हुँदैन ।

के हो रगत 

रगतले शरीरभित्र पोषण, लवण, हर्मोन, भिटामिन, अक्सिजन, रोगसँग लड्ने एन्टिबडीसँगै कार्बनडाइअक्साइड, युरियाजस्ता विकार ओसार–पसार गर्छ । रगतको रातो रक्तकणले अक्सिजन तथा कार्बनडाइअक्साइड यताउति गर्न, श्वेत रक्तकणले रोगसँग लड्न र प्लेटलेट्सले रगत जमाउने काम गर्छ । शारीरिक तौलको ७ प्रतिशत भाग रगत हुन्छ भने त्यसमध्ये ६० प्रतिशत भाग प्लाज्मा, ९० प्रतिशत पानी र १० प्रतिशत पोषक तत्व हुन्छ । रगतको बाँकी ४० प्रतिशत भागमा भने ठोस पदार्थ रातो रक्तकण, श्वेत रक्तकण र प्लेटलेट्स हुन्छन् ।

कस्ता व्यक्तिले रक्तदान गर्ने 

स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक भएका, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेका र कम्तीमा ४५ केजी तौल भएका व्यक्ति रक्तदान गर्न सक्षम हुन्छन् । तसर्थ, रगतमा हेमोग्लोबिनको मात्रा १२।५ ग्राम वा सोभन्दा माथि, शरीरमा रक्तचाप, नाडी, तापक्रम सामान्य भएको तथा स्वास्थ्य परीक्षणबाट मुटु, फोक्सो र कलेजो राम्रो रहेको हुनुपर्छ । साथै मलेरिया, क्षयरोग, जन्डिस, मधुमेय, यौनरोग तथा एचआइभी र एड्स नलागेको हुनुपर्छ ।

कस्ता व्यक्तिले रक्तदान नगर्ने 

ज्वरो आएको तथा एन्टिबायोटिक लिइरहेको अवस्था ।

दादुरा, हाडे, रुबेला, ठेउला तथा जनै खटिराविरुद्ध खोप लगाएको चार हप्तासम्म रक्तदान गर्नु हुँदैन ।

हेपाटाइटिस ‘बी’का रोगीको सम्पर्कमा नआएका तर हेपाटाइटिस ‘बी’ खोप लगाएकाहरूले तीन हप्तासम्म रक्तदान गर्नु हुँदैन ।

हेपाटाइटिस ‘बी’का रोगीको सम्पर्कमा आएका, हेपाटाइटिस ‘बी’ इम्युन ग्लोबुलिन लगाएकाहरूले एक वर्ष नपुगेसम्म रक्तदान गर्नु हुँदैन ।

प्रति एक सय मिलिलिटर रगतमा हेमोग्लोबिन महिलामा १२ दशमलव ५ ग्राम तथा पुरुषमा १३ ग्रामभन्दा कम वा २० ग्रामभन्दा बढी भएकाले रक्तदान गर्नु हुँदैन ।

गर्भवती महिलाले बच्चा जन्मेको ६ हप्तासम्म रक्तदान गर्नु हुँदैन ।

हृदयाघात, मस्तिष्कघात, कलेजो तथा मिर्गौला फेल भएकाहरूले रक्तदान गर्नु हुँदैन ।

रक्तनलीबाट लागुपदार्थ सेवन गर्नेहरूले रक्तदान गर्नु हुँदैन ।

महत्व

रगतको प्रमुख काम प्राणवायु तथा पोषक तत्व कोषिकाहरूमा पु¥याउनु हो । रगतमा विभिन्न प्रकारका तत्व हुन्छन्, जसले जिउँदो राख्न र रोगहरू निको पार्न मद्दत गर्छन् । रक्तदान गर्नाले धेरै मानिसको ज्यान बचाउन सकिन्छ । रगत आफैँलाई वा आफन्तलाई कुनै पनि वेला चाहिन सक्छ । रक्तदान गर्दा अरूलाई मात्र होइन, आफैँलाई पनि फाइदा पुग्छ । एउटा स्वस्थ रक्तदाताले प्रत्येक ५६ दिनमा रक्तदान गर्न मिल्छ । तथापि, प्रत्येक तीन महिनामा रक्तदान गर्नु उपयुक्त हुन्छ । दान गरिएको रगत ४२ दिनसम्म काम लाग्ने भएकाले रगत आवश्यक पर्ने धेरै बिरामीलाई यो काम आउँछ ।

रगतको विभाजन

रगतलाई सामान्यतया आठ समूहमा विभाजन गरिएको हुन्छ । ‘ए, बी, एबी, ओ’ पोजिटिभ र ‘ए, बी, एबी, ओ’ नेगेटिभ । आपत्कालीन अवस्थामा ‘ओ’ नेगेटिभ समूहको रगत अन्य समूहको रगत भएकालाई दिन सकिन्छ । त्यसैले ‘ओ’ नेगेटिभ समूहलाई ‘युनिभर्सल डोनर’ भनिन्छ । ‘एबी’ रक्त समूह भएकाले भने अन्य रक्त समूह भएकाको रगत लिन मिल्छ । त्यसैले ‘एबी’ समूहलाई ‘युनिभर्सल रेसिपिएन्ट’ भनिन्छ । सैद्धान्तिक रूपमा यसो भनिए पनि रक्त समूह मिलाएरै मात्र रगत लिनु उत्तम हुन्छ । दान गरिने रगतमा जीवाणु, परजीवी, औषधि तथा कुनै पनि प्रकारका हानिकारक पदार्थ हुनु हुँदैन । रक्तदान गर्नुअगाडि रक्तदाताको स्वास्थ्य परीक्षण गरिने भए पनि हाम्रो सन्दर्भमा प्रायः परीक्षण विस्तारमा गरिएको हुँदैन ।

रक्तदानका फाइदा

एक पटकको रक्तदानबाट मात्रै पनि लगभग ६ सय ५० किलो क्यालोरी नष्ट हुन्छ । यसले वजन नियन्त्रणमा ठूलो मद्दत गर्छ । हरेक तीन महिनामा रक्तदान गर्दा मानिस स्वस्थ रहन्छ ।

हरेक तीन महिनामा रक्तदान गर्नाले शरीरमा रहेको आइरनको मात्रा नियन्त्रण गर्न सघाउ गर्छ । खासगरी, पुरुषमा मुटुरोगको सम्भावना केही कम रहन्छ ।

शरीरमा आइरनको मात्रा धेरै हुनु क्यान्सरजस्तो रोगको कारण हुन सक्छ । यस्ता समस्याबाट बच्न समय–समयमा रक्तदान जरुरी छ ।

रक्तदानपछि शरीरमा नयाँ रगत बन्छ । यसले स्वास्थ्यसँग जोडिएका थुप्रै समस्याबाट टाढा राख्छ ।

रक्तदानपछि आफैँमा एक आत्मसन्तुष्टि विकास हुन्छ । आफैँलाई एउटा राम्रो काम गरेको अनुभव हुन्छ । कसैको जिन्दगी बचाउनु राम्रो काम हो । बिरामीको जरुरत हेरेर रगतलाई थुप्रै हिस्सामा बाँडिन्छ ।

रक्तदानपछि भुल्नै नहुने कुरा ५ देखि २० मिनेट आराम गर्नुपर्छ ।

कहिलेकाहीँ रक्तदान गरेपछि रिंगटा लाग्न सक्छ । यस्तो अवस्थामा जुरुक्क उठ्ने प्रयास गर्नु हुँदैन । कोल्टे फर्केर आराम गर्नुपर्छ । गोडा अलि माथि उठाउने वा गोडामुनि सिरानी राखेर सुत्नुपर्छ ।
जुस, जीवनजल, पानीजस्ता तरल पदार्थ प्रशस्त पिउनुपर्छ । २४ घन्टा शारीरिक श्रम हुने गरी गाह्रो काम गर्नु हुँदैन ।

Facebook Comments

Sponsored Ads

Down to post ads-480-38

Comments are closed.